काठमाण्डौ । नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारीको रिटमा भोलि (मंगलबार) सर्वोच्च अदालतमा पहिलो सुनुवाइ (पेसी) हुने भएको छ।
अधिकारीले आइतबार सर्वोच्चमा सरकारविरुद्ध रिट दर्ता गरेका थिए। रिटमा अधिकारीले आफूमाथि गरिएको कारबाही बदर गरी गभर्नरको जिम्मेवारीमा फर्किने अन्तिम आदेश माग गरेका छन्।
अधिकारीले सरकारले आफूमाथि कानुनविपरीत कारबाही प्रक्रिया सुरु गरेको बताएका छन्। गत चैत २५ गते सरकारले अधिकारीलाई गभर्नर पदबाट निलम्बन गरेको थियो।
सरकारले विभिन्न आरोप लगाउँदै अधिकारीमाथि छानबिन गर्न पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको नेतृत्वमा जाँचबुझ समिति बनाएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19