काठमाण्डौ । नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारीको रिटमा आज मंगलबार सर्वोच्च अदालतमा पहिलो सुनुवाइ हुने भएको छ।
अधिकारीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, अर्थमन्त्री जनार्दन शर्मा र सरकारले गठन गरेको छानबिन समिति समेतलाई विपक्षी बनाई आइतबार सर्वोच्चमा रिट दर्ता गरेका थिए। रिटमा अधिकारीले आफूमाथि गरिएको कारबाही बदर गरी गभर्नरको जिम्मेवारीमा फर्किने अन्तिम आदेश माग गरेका छन्।
अधिकारीले सरकारले आफूमाथि कानुनविपरीत कारबाही प्रक्रिया सुरु गरेको बताएका छन्। गत चैत २५ गते सरकारले अधिकारीलाई गभर्नर पदबाट निलम्बन गरेको थियो।
सरकारले विभिन्न आरोप लगाउँदै अधिकारीमाथि छानबिन गर्न पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको नेतृत्वमा जाँचबुझ समिति बनाएको छ।
रिटमाथि अन्तरिम आदेश जारी भएको खण्डमा अधिकारी पूर्ववत् अवस्थामै फर्केर गभर्नरका रूपमा काम गर्न पाउनेछन्। तर, अन्तरिम आदेश नदिई कारण देखाऊ आदेश जारी गर्दै छलफलका लागि बोलाएमा भने अधिकारी निलम्बनमै रहनेछन्।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19