काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६/७७ का लागि लाभांश प्रस्ताव गरेको छ।
कम्पनी सञ्चालक समितिको माघ २१ गते बसेको बैठकले आर्थिक वर्ष २०७६/७७ सम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी ७ अर्ब १९ करोड ९९ लाख ७० हजार ६६१ रुपैयाँको कुल १४.७३६८ प्रतिशतले हुन आउने १ अर्ब ६ करोड १० लाख ४८ हजार ३०८ रुपैयाँबराबरको लाभांश प्रस्ताव गरेको छ।
प्रस्तावित लाभांशमा १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७३६८ प्रतिशत नगद लाभांश रहेका छन्।
प्रस्तावित लाभांश बीमा समितिको स्वीकृतिपछि आगामी २१ औँ वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने कम्पनलिे जनाएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago