काठमाण्डौ । नेपाल राष्ट्र बैंक र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडबीच रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली लागू गर्ने सम्बन्धमा सोमबार सम्झौता भएको छ ।
नेपाल राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्र र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । उक्त सम्झौता भएपश्चात ग्राहकले वास्तविक समयमा नै एक बैंकबाट अर्को बैंकको जुनसुकै खातामा रकम भुक्तानी गर्न सक्नेछन् । रकम पठाउने ब्यक्तिले बैंकको कुनै पनि शाखामा एउटा निवेदन लेखेर दिएपछि सोही समयमा नै अर्को बैंकको खातामा रकम जम्मा हुनेछ ।
उक्त समारोहमा नेपाल राष्ट्र बैंकका निर्देशक आनन्द पौडेल, उपनिर्देशक टेकराज भण्डारी, राष्ट्रिय वाणिज्य बैंकका उपकार्यकारी अधिकृत देवेशप्रसाद लोहनी, विभागीय प्रमुख रिको स्थापितलगायतको उपस्थिति थियो ।
राष्ट्रिय वाणिज्य बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २३६ वटा शाखा कार्यालय, २०५ वटा एटिएम, ९३ वटा शाखा रहित बैंकिङ्ग सेवा रहेको छ । चालु आव २०७५/७६ को चौथो त्रैमाससम्म बैंकले १ खर्व ९० अर्ब रुपैंया निक्षेप संकलन गरी १ खर्ब ४४ अर्व रुपैयाँ कर्जा लगानी गरी ५ अर्ब ३२ करोड रुपैंया खुद मुनाफा कमाएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago