काठमाण्डौ । नेपाल बंगलादेश बैंक लिमिटेडले आफ्नो २५ औँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ ।
बैंकको गत शुक्रबार बसेको सञ्चालक समितिको बैठकले साधारणसभा आगामी पुस ७ गते काठमाण्डौको राष्ट्रिय सभा गृहमा गर्ने निर्णय गरेको हो ।
सभामा मर्जर प्रक्रिया थाल्ने मुख्य अजेन्डाका रुपमा प्रस्तुत गरिनेछ । बैंकमा कुनै बैंक वा वित्तीय संस्था आपसमा गाभ्ने गाभिने तथा प्राप्ति गर्ने सम्बन्धमा आवश्यक सहमति÷सम्झौता गर्ने तथा सो सम्बन्धमा प्रचलित कानुन तथा नियमअनुसार बैंकका तर्फबाट गर्नुपर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय सभामा पारित हुनेछ ।
यसैगरी सभामा गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरिएको कुल १२ प्रतिशत लाभांश पारित हुनेछ । जसमा ५ प्रतिशत बोनस सेयर र ७ प्रतिशत नगद लाभांश (लाभांश करसहित) रहेका छन् ।
बैंकले वार्षिक साधारणसभा र लाभांश प्रयोजनका लागि मंसिर २६ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ बैंकको लाभांश पाउने र साधारणसभामा लिन मंसिर २५ गते बुधबारसम्म बैंकको सेयरधनी कायम हुनुपर्नेछ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago