काठमाण्डौ । नेपाल फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म अधिकांश वित्तीय सूचकमा उत्कृष्ट प्रदर्शन गरेको छ ।

दोस्रो त्रैमास वित्तीय विवरणअनुसार फाइनान्सले समीक्षा अवधिसम्म २ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो खुद नाफा गत आर्थिक वर्षको यही अवधिसम्मको तुलनामा भने १७.४१ प्रतिशतले घटी हो । गत वर्ष यही अवधिसम्म फाइनान्सले २ करोड ७५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिसम्म फाइनान्सले २ करोड २७ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ । गत वर्ष यही अवधिसम्म फाइनान्सले २ करोड ७२ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको थियो ।

दोस्रो त्रैमाससम्म फाइनान्सले खुद ब्याज आम्दानीबापत १ करोड ४३ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्ष यही अवधिसम्म फाइनान्सले खुद ब्याज आम्दानीबापत १ करोड ७३ लाख रुपैयाँ आर्जन गरेको थियो । 

समीक्षा अवधिमा फाइनान्सले ४ करोड २२ लाख रुपैयाँ निक्षेप संकलन गरी ५० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । 

समीक्षा अवधिसम्म फाइनान्सको रिजर्भको आकार ४.११ प्रतिशतले घटेको छ । गत वर्ष यही अवधिसम्म २० करोड ७ लाख रुपैयाँ रहेको फाइनान्सको रिजर्भ घटेर १९ करोड २४ लाख रुपैयाँमा सीमित बनेको छ । 

फाइनान्सको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) १० रुपैयाँ रहेको छ। फाइनान्सको पीई रेसियो १३.३ गुणा रहेको छ।