काठमाण्डौ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि उपत्यकामा जारी गरिएको निषेधाज्ञाका कारण स्थगित गरिएको नेपाल फाइनान्स लिमिटेडको ८ वर्षको वार्षिक साधारणसभा अब असोज १० गते हुने भएको छ।
कम्पनीले गत भदौ ११ गते २० औँदेखि २७ औँसम्मका ८ वटा वार्षिक साधारणसभा एकैपटक डोकेका थियो। तर विश्व महामारी कोरोनाभाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले सार्वजनिक रुपमा सभा, सम्मेलन तथा औपचारिक कार्यक्रमहरु नगर्न निर्देशन जारी गरेको र स्थानीय प्रशासनले भदौ ३ गतेदेखि उपत्यकामा निषेधाज्ञा जारी गरेका कारण सभा स्थगित गर्नुपरेको कम्पनीले सूचना जारी गरी उल्लेख गरेको थियो।
अब हुने वार्षिक साधारणसभाले हाल कायम चुक्तापुँजीको १७५ प्रतिशतले हुन आउने हकप्रद निष्कासन गर्ने प्रस्ताव अनुमोदन गर्नेछ।
यसैगरी अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग गाभ्ने गाभिने प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई पूर्ण अख्तियार दिने मुख्य प्रस्तावलगायतका विभिन्न अजेन्डाहरु पारित गर्ने सभाको उद्देश्य रहेको छ।
वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले गत साउन २६ गते बुक क्लोज गरिसकेको छ। यसको अर्थ साउन २५ गतेसम्म कायम सेयरधनीहरुमात्र सभामा भाग लिन योग्य हुनेछन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19