काठमाण्डौ । नेपाल बंगलादेश बैंक लिमिटेडले आज आइतबार (पुस २६ गते) आफ्नो २६ औँ वार्षिक साधारणसभा डाकेको छ।

सभा आज मर्चुअल माध्यम (जुम क्लाउड मिटिङ) बाट हुनेछ। सभाको प्रत्यक्ष प्रशारण बैंकको फेसबुक पेजबाट गरिने बताइएको छ।
सभाले बैंकले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको कुल ८.४२ प्रतिशत लाभांश पारित गर्नेछ। प्रस्तावित लाभांशमा ६ प्रतिशतले हुन आउने बोनस सेयर र २.४२ प्रतिशतले हुन आउने नगद लाभांश (लाभांश कर प्रयोजनार्थ) रहेका छन्। 

वार्षिक साधारणसभा र लाभांश वितरण प्रयोजनका लागि बैंकले गत पुस १० गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ। यसको मतलब पुस ९ गतेसम्म कायम सेयरधनीहरु लाभांश प्राप्ति र सभामा भाग लिन योग्य हुनेछन्।