काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो २२ औँ वार्षिक साधारणसभा (एजीएम) आह्वान गरेको छ।
कम्पनी सञ्चालक समितिको कात्तिक ४ गते बसेको बैठकले वार्षिक साधारणसभा आउँदो मंसिर ८ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा पर्साको वीरगन्जस्थित होटेल भिष्वामा बिहान ९ बजेबाट सुरु हुनेछ।
सभाले आर्थिक वर्ष २०७७–७८का लागि प्रस्तावित चुक्तापुँजीको १५.७८९५ प्रतिशत नगद लाभांश (करसहित) पारित गर्नेछ।
सभाले कम्पनीमा सञ्चालक समितिले गरेको स्वतन्त्र सञ्चालकको नियुक्तिलाई अनुमोदन गर्नेछ।
कम्पनीको वार्षिक कार्यप्रगति प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, लेखापरीक्षकको नियुक्तलगायतका अजेन्डा पनि सभाले पारित गर्नेछ।
लाभांश र सभा प्रयोजनका लागि कम्पनीले कात्तिक १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसर्थ कात्तिक १७ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19