काठमाण्डौ । साताको तेस्रो कारोबार दिन बुधबार बजारमा दिनभर नै उतारचढाव देखियो।

अघिल्लो कारोबारमा १ हजार ८२९.६५ मा बन्द भएको बजार यो दिन १ हजार ८१७ सम्म आएको थियो। तर, कारोबारको अन्त्यमा १ हजार ८५०.६४ मा बन्द भएको छ। आज बजारमा करिब ३४ अंकको उत्तारचढाव देखियो भने बजार २०.६४ अंकले सुधार आएर बन्द भएको छ । यद्यपि यो दिन बजारमा कारोबार रकम भने सामान्य नै रहेको छ । 

प्राविधिक रुपमा मंगलबार र बुधबारको कारोबारलाई हेर्दा ‘ट्विजर’ बटम क्यान्डल बनेको देखिन्छ।

ट्विजर बटममा २ वटा क्यान्डल रहेका हुन्छन्। पहिलो क्यान्डल रातो हुन्छ भने दोस्रो क्यान्डल हरियो हुन्छ। तर, दुवै क्यान्डलको लो एउटै बनेको हुन्छ। 

यसमा पहिलो क्यान्डलले बियरिस निरन्तरताको संकेत गर्छ भने दोस्रो क्यान्डलले सपोर्ट र सम्भावित ट्रेन्ड रिभर्सलको संकेत गर्छ। दुवै क्यान्डललाई मिलाएर हेर्दा बियरिस ट्रेन्ड अन्त्य हुँदै गरेको संकेत मिल्छ। 

ट्रेडरले यसमार्फत् कारोबार गर्दा यी क्यान्डलको उच्च विन्दु अर्थात् १ हजार ८६५  भन्दा माथि टिकेर कारोबार भएको खण्डमा बजारमा इन्ट्री र यी दुई क्यान्डलको लो अर्थात् १ हजार ८१७ भन्दा तल झरेको खण्डमा स्टप लसको रणनीति लिन सक्नेछन्। यदि बजार बढेमा ट्रेडरले  १ हजार ९७५ सम्म टार्गेट राख्न सक्नेछन्। 

(नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।)