-अर्जुन तिमिल्सिना 
काठमाण्डौ । यो साता सेयर बजारमा चार दिन कारोबार भयो ।

चार दिनमा बजार तीन दिन बढ्यो भने एक दिन मात्रै  घट्यो । गत साता १ हजार ८५२.०८ मा बन्द भएको बजार यो साता १हजार ८६०.२ मा बन्द भयो । 
यस हिसावले यो साता सेयर बजारमा ८.१२ अंकले सुधार आयो । अघिल्लो साता ४.५२ अंकले बजारमा सुधार आएको थियो । यो साता चार कारोबार दिनमा ४.४८ अर्ब रुपैयाँ बराबरको कारोबार भयो ।

यस्तो कारोबार अघिल्लो साता पाँच कारोबार दिनमा ४.५२ अर्ब रुपैयाँ बराबरको कारोबार भएको थियो । यस हिसवाले यो साता पनि सेयर बजारमा कारोबार र सूचकमा सामान्य सुधार आयो । यो साता घटेर बजार १ हजार ८१७ विन्दुसम्म पुगेको बजार अन्तिम कारोबारमा १ हजार ८६० विन्दुमा बन्द भयो । 
प्राविधिक पक्ष :
प्राविधिक रुपमा अघिल्लो साता र यो साता बनेका दुई वटा क्यान्डलहरुलाई मिलाएर हेर्दा ‘ट्विजर’ बटम क्यान्डल बनेको देखिन्छ । 

ट्विजर बटममा दुई वटा क्यान्डल रहेका हुन्छन्। पहिलो क्यान्डल रातो हुन्छ भने दोस्रो क्यान्डल हरियो हुन्छ। तर, दुवै क्यान्डलको लो एउटै बनेको हुन्छ। 

यसमा पहिलो क्यान्डलले बियरिस निरन्तरताको संकेत गर्छ भने दोस्रो क्यान्डलले सपोर्ट र सम्भावित ट्रेन्ड रिभर्सलको संकेत गर्छ। दुवै क्यान्डललाई मिलाएर हेर्दा बियरिस ट्रेन्ड अन्त्य हुँदै गरेको संकेत मिल्छ । नेप्सेको साप्ताहिक चार्टलाई क्यान्डल स्टिकको आधारमा मिलाएर हेर्ने हो भने गएका दुई सातामा टीवजर बटम क्यान्डल स्टिक प्याट्रन बनेको देखिन्छ । अर्थात् बजारले गएका दुई सातामा १ हजार ८१७ मा दुई पटक सपोर्ट लिएर माथिको यात्रा तय गरेको देखिन्छ । यदि यहि विन्दुबाट बजार माथि लाग्छ भने आगामी दिनमा बजारले १ हजार ९२०, २ हजार ४० र २ हजार २४० आसपास बजारले प्रतिरोध सामाना गर्न सक्छ । 
बोलिङगर ब्यान्ड, म्याक्डी र आरएसआईको आधारमा 
साप्ताहिक चार्टमा बजारलाई बोलिङगर ब्यान्डको आधारमा हेर्दा लगातार दुई साता तल्लो ब्यान्डमा  ह्याम्मर प्रकृतिका क्यान्डल बनेका छन् ।यसले बजारमा बिक्री पक्ष कमजोर बन्दै गरेको बुझाउँछ । तर क्यान्डलहरुले लोवर ब्यान्ड छोडि हालेको अवस्था भने होइन । बजारलाई भोलुमबाट नियाल्दा अघिल्लो साता र यो सातामा खासै सुधार देखिदैन तर सामान्य भने बढेको छ । म्याक्डीमार्फत् हेर्दा वियरिस क्रसओभर भ्यालिड नै रहेको छ भने यो साता हिस्टोग्राम फिक्का बनेको छ । साप्ताहिक चार्टमानै आरएसआईमार्फत् हेर्दा ४० को तहमा डब्लु आकार बन्दै गरेको देखिन्छ । समग्रमा तीन वटै इन्डिकेटरबाट हेर्दा बिक्री पक्ष कमजोर बन्दै गरेको देखिन्छ । 

इचिमोकूको आधारमा :
इचिमोकूको आधारमा बजारलाई नियाल्दा अहिले नै कुनै सुधार भइहालेको अवस्था भने छैन । क्लाउडको पोजिसन रातो नै छ । मूल्य रेखाहरु बेस लाईन र कन्भर्जन लाइनभन्दा तल तल नै चलेका छन् । २६ दिन पछाडि चल्ने ल्यागिङ स्पान पोजिसनमा भने डब्लु आकार बनेको छ । यसले बजार सम्हालिन कोसिस् गरेको मान्न सकिन्छ । 

पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको  अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ। 

बढेमा प्रतिरोध :
प्रतिरोध ३ –२१२२
प्रतिरोध २ –२०६४
प्रतिरोध १– १९६४
पिभट प्वइन्ट : १९०५

घटेमा सपोर्ट :
सपोर्ट १– १८०५
सपोर्ट २– १७४६
प्रतिरोध ३ –१७२०

निष्कर्ष : लगातार २ साता बजारले १ हजार ८१७ मा सपोर्ट लिएको छ । यसलाई प्राविधिक भाषामा भन्नु पर्दा ट्वीजर बटम पनि भन्न सकिन्छ । यो भनेको बजारमा बिक्री दवाव कम हुँदै गएको भन्ने हो । यद्यपि ट्रेडरहरुका लागि बजारमा खरिद कन्फरमेसन भइहालेको अवस्था होइन ।

यसलाई पिभट् प्वइन्टले पनि निश्चित गर्छ । बजार पिभट् प्वइन्ट १ हजार ९०५ भन्दा तल नै छ । यदि आगामी कारोबारमा बजार यो विन्दुभन्दा माथि भोलुमसहित जान्छ भने बजारले माथिको यात्रा तय गर्दै गरेको मान्न सकिन्छ । यदि बजार यो विन्दुबाट माथि लाग्छ भने बजारले नजिकको प्रातिरोध बोलिङगरको मध्य ब्यान्डले २ हजारमा प्रतिरोध सामना गर्न सक्छ ।

आगामी कारोबारमा बजार घटेमा भने १ हजार ८१८ विन्दु आसपासमा नै सपोर्ट लिन सक्छ । नेप्सेको न्युन विन्दुमा लगातार दुई साता ह्याम्मर प्रकृतिका क्यान्डल बनेका छन् । लामो वियरिस अर्थात्  रातो क्यान्डल पछि  बनेका यस्ता क्यान्डलले बजारमा बिक्री दवाव सकिंदै गएको मान्न सकिन्छ । यदि आगामी कारोबारमा बजार १ हजार ९०० विन्दुमाथि टिक्छ भने बजारले माथिको यात्रा तय गर्न सक्छ । 
(नोट : सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ यो विश्लेषण कारोबारको सिफारिस भने होइन ।)