काठमाण्डौ । सरकारले बजार सञ्चालक नेपाल स्टक एक्सचेन्ज (नेप्से) को अध्यक्षमा शोभाकान्त पौडेललाई नियुक्त गरेको छ।

अर्थमन्त्री डा प्रकाश शरण महतले मन्त्रीस्तरीय निर्णयबाट पौडेललाई नेप्सेको अध्यक्ष नियुक्त गरेका हुन् । सरकारले यसअघि नेप्सेको अध्यक्ष रहेका अर्थमन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख भूपाल बरालको स्थानमा भन्सार विभागको महानिर्देशक शोभाकान्त पौडेललाई अध्यक्ष नियुक्त गरेको छ ।

नेप्सेको अध्यक्षमा सरकारले सहसचिवलाई जिम्मेवारी दिने गरेको  छ। पौडेलले आजै बेलुकासम्ममा नेप्सेको अध्यक्षको रुपमा पदबहाल गर्ने बताइएको छ।