काठमाण्डौ । लामो  समयपछि नेप्सेको चार्टमा मंगलबार ‘बुलिस हरामी’ क्यान्डल बनेको छ।

जापानी भाषामा हरामीको अर्थ गर्भवती महिला भन्ने बुझिन्छ। जब क्यान्डल स्टिकको प्याट्रन बन्दा दुई क्यान्डल जोडेर हेर्दा यदि चार्टमा गर्भवती महिलाजस्तो आकृति बन्छ भने त्यसलाई ‘हरामी’ क्यान्डल भनेर बुझिन्छ। 

दुई वटा क्यान्डलमा पहिलो क्यान्डल आमाको आकृति र दोस्रो क्यान्डल बच्चाको जस्तो आकृति बन्छ (हेर्नुहोस् तस्बिरमा) भने बुलिस हरामी र बियरिस हरामी भन्ने हुन्छ। 

बुलिस हरामी चार्टको न्यून विन्दुमा बन्ने गर्छ। यदि रातो लामो क्यान्डलको ठीकपछि छोटो हरियो क्यान्डल बन्छ भने त्यसलाई बुलिस हरामी भनेर बुभिन्छ (हेर्नुहोस् तस्विरमा )। यसले ट्रेन्ड परिर्वतनको संकेत गर्छ। 

यदि घटिरहेको बजारमा यस्तो आकृति बन्छ भने त्यसले बाटो परिवर्तन गर्ने संकेत गर्छ। यस्तो अवस्थामा खरिदकर्ता हावी भएका हुन्छन्। यस विपरीत यदि पहिलो क्यान्डल लामो हरियो  र दोस्रो क्यान्डल छोटो रातो बन्छ भने यसलाई बियरिस हरामी भनेर बुझिन्छ।

यस्तो आकृति चार्टको माथि बन्छ र बिक्रीकर्ता हावी भएका हुन्छन्। यसले पनि ट्रेन्ड परिवर्ततको संकेत बुझिन्छ। 

यो दिन लामो  समयपछि नेप्सेको चार्टमा सोमबार र मंगलबारको कारोबारलाई मिलाएर हेर्दा बुलिस हरामी क्यान्डल बनेको देखिन्छ। यसले ट्रेन्ड रिभर्सलको संकेत गर्छ। पिभट्मार्फत् अबको नजिकको प्रतिरोध हेर्दा नजिकको प्रतिरोध २०३० देखि २०४० मा लिन सक्छ । घटेमा भने बजारले १९५० र १९१८ र मा बलियो सपोर्ट लिन सक्छ । 
(नोट : सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारको सिफारिस भने होइन ।)