काठमाण्डौ । साताको चौथो कारोबार दिन बुधबार नेप्सेको दैनिक चार्टमा बोलिंगरको अप्पर ब्यान्डमा क्यान्डल स्टिकअन्तर्गत सुटिङ स्टार बनेको छ।
(हेर्नुहोस् कालो एरो)
नेप्सेको मंगलबारको कारोबारमा बुलिस हरामी पछि यो दिन सुटिङ स्टार बनेको छ ।
यस्तो अवस्थामा बजारमा सामान्य करेक्सन हुन सक्छ। तर यसको भ्यालिडिटिको लागि भने अब बन्ने क्यान्डल महत्वपूर्ण हुने गर्छ ।
डेलीबेसमा यदि बुधबारको क्यान्डलभन्दा माथि आगामी क्यान्डल बन्छ भने बजार मााथि जान सक्छ । तर यसको विपरित बुधबारको क्यान्डलको ‘लो’ भन्दा तल आगामी क्यान्डल बन्छ भने सुटिङ स्टार ‘भ्यालिड’ पनि हुन सक्छ ।
यो दिनको क्यान्डलले बोलिंगरको माथिल्लो ब्यान्डलाई छोडिसकेको अवस्था भने छैन । म्याक्डीमा बुलिस क्रसओभर भए पनि हिस्टोग्राम सकारात्मक नै छन्।
आरएसआई करिब ओभर बट जोन पनि ६७ मा रहेको देखिन्छ। समग्रमा तीन वटै इन्डिकेटरबाट बजारालाई हेर्दा बजारले अल्पकालिन करेक्सन लिन खोजेको देखिन्छ । जसलाई कम्पनी हेरेर खरिद अवसरको रुपमा पनि लिन सकिन्छ ।
आगामी दिनमा यदि बजार घट्छ भने १ हजार ९८० मा पहिलो सपोर्ट, १ हजार ९५० मा दोस्रो सपोर्ट र १ हजार ९२० विन्दुमा तेस्रो सपोर्ट लिन सक्नेछ।
यदि बजार बढ्छ भने २ हजार ४० देखि २ हजार ६० विन्दुसम्ममा प्रतिरोध सामाना गर्न सक्छ ।
(नोट : सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारको लागि सिफारिस भने होइन ।)
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19