काठमाण्डौ । साताको तेस्रो कारोबार दिन बुधबार बजार करिब २८ अंकले बढोतरी भएकोे छ ।

यो दिन कारोबार भने ४ अर्ब रुपैयाँमाथि नै भएको छ । प्राविधिक रुपमा मंगलबार र बुधबारको कारोबारलाई हेर्दा ‘ट्विजर’ बटम क्यान्डल बनेको देखिन्छ। ट्विजर बटममा २ वटा क्यान्डल रहेका हुन्छन्।

पहिलो क्यान्डल रातो हुन्छ भने दोस्रो क्यान्डल हरियो हुन्छ। तर दुवै क्यान्डलको लो एउटै बनेको हुन्छ। अर्थात् एक विन्दुबाट फर्केका हुन्छन् । बजारमा मंगलबार र बुधबारका दुबै क्यान्डलको लो बिन्दु २ हजार २५ मा रहेको छ । 

यसमा पहिलो क्यान्डलले बियरिस निरन्तरताको संकेत गर्छ भने दोस्रो क्यान्डलले सपोर्ट र सम्भावित ट्रेन्ड रिभर्सलको संकेत गर्छ। दुवै क्यान्डललाई मिलाएर हेर्दा केहि दिनदेखि नेप्सेमा चलेको करेक्सन अन्त्य हुँदै गरेको संकेत मिल्छ। तर निरक्योल भने भइहालेको अवस्था भने होइन ।

यदि आगामी कारोबारमा बजार २ हजार ९०  विन्दुभन्दा माथि टिकेको अवस्थामा बजारले माथिको यात्रा तय गर्न सक्छ । तर यदि बजार बुधबारको लो विन्दु २ हजार २५ भन्दा तल तल कारोबार हुन्छ भने यो दिन बनेको ट्वीजर बटम इन्भ्यालिड पनि हुन सक्छ । 
 

डेली बेसमा म्याक्डीमार्फत् बजारलाई नियाल्दा यो दिन बजार बढेता पनि वियरिस क्रसओभर बनेको छ । योसँगै हिस्टोग्राम पनि नेगेटिभ बनेको छ । आरएसआई पनि करिब ६० को तहमा नै छ । बजारलाई इलिअट वेभबाट नियाल्दा करिब ०.३८ प्रतिशतको विन्दुबाट फर्केको देखिन्छ ।

यसले बजारमा लगभग करेक्सन सकिएको अनुमान लगाउन सकिन्छ । यसको लागि पनि बजारमा अझै एउटा क्यान्डल बुलिस प्रकृतिको बन्नु पर्ने हुन्छ । यहाँबाट फर्केको बजारमा वेभ ५ हो वा वेभ बी बनेको हो भन्ने बिषय भने बजारमा केहि दिनको करोबार  र भोलुम पछि मात्रै प्रस्ट हुने देखिन्छ ।

आज अन्तिम समयमा आएर बढेको बजारको आधारमा मात्रै बजार फर्किहाल्यो भन्न भने  हतार पनि  हुन सक्छ । 

(नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।)