काठमाण्डौ । नेरुडे लघुवित्त विकास बैंक लिमीटेठले आफ्ना सेयरधनीलाई १३ प्रतिशत बोनस सेयर र ७.६८ प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको छ । 

यो लघुवित्त विकास बैंकको असोज १७ गते बसेको संचालक समितिको १९८ औं बैठकले आर्थिक वर्ष २०७३/७४ को नाफाबाट सेयरधनीलाई कुल २०.६८ प्रतिशत लाभांश वितरणको निर्णय गरेको हो । 

यो निर्णय नेपाल राष्ट्रबैंक र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र कार्यान्वयनमा आउनेछ । 

गत वर्ष यो विकास बैंकले  २० प्रतिशत बोनस सेयर र ११.०५ प्रतिशत नगद लाभांश वितरणको थियो । 

हाल यो कम्पनीको चुक्तापुँजी ३०.६० करोड रुपैयाँ रहेको छ । १३ प्रतिशत बोनस सेयर वितरणपछि बढेर ३४.५७ करोडको उचाईमा पुुग्नेछ ।