काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७८–७९का लागि लाभांश प्रस्ताव गरेको छ। 

कम्पनी सञ्चालक समितिको चैत ३० गते बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी ४ अर्ब ६४ करोड ४ लाख ३१ हजार ८७५ रुपैयाँको कुल १४.९२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। 

प्रस्तावित लाभांशमा ८ प्रतिशतले हुन आउने ३७ करोड १२ लाख ३४ हजार ५५० रुपैयाँबराबरको बोनस सेयर र बोनस सेयर कर प्रयोजनार्थ ०.४२१ प्रतिशतले हुन आउने १ करोड ९५ लाख ३८ हजार ६६१ रुपैयाँ नगद लाभांश छन्। 

यसैगरी कम्पनीले माथि उल्लेखित लाभांशका अतिरिक्त हाल कायम चुक्तापुँजीको ६.५ प्रतिशतले हुन आउने ३० करोड १६ लाख २८ हजार ७१ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि गरेको छ। 

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गर्ने निर्णय कम्पनीले गरेको छ।