काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
तेस्रो त्रैमाससम्म कम्पनीले ११ अर्ब १३ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। गत वर्ष यही अवधिसम्म कम्पनीले १० अर्ब १७ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। यो हिसाबले समीक्षा अवधिमा कम्पनीको बीमाशुल्क आर्जन ९.३९ प्रतिशतले बढेको छ।
समीक्षा अवधिसम्म कम्पनीले लगानी कर्जा तथा अन्यबाट हुने आयबापत ३ अर्ब २१ करोड रुपैयाँ आर्जन गरेको छ। गत वर्ष यही अवधिसम्ममा यस्तो आय २ अर्ब ५९ करोड रुपैयाँमा सीमित थियो। गत वर्ष यही अवधिमा ३ करोड ४२ लाख रुपैयाँ पुनर्बीमा कमिसन आय आर्जन गरेकोमा समीक्षा अवधिमा घटेर ३ करोड ३३ लाख रुपैयाँ भएको छ।
यो अवधिसम्म कम्पनीको खुद दाबी भुक्तानी ३७.२४ प्रतिशतले बढेर ५ अर्ब ५७ करोड पुगेको छ। गत वर्ष यही अवधिसम्म कम्पनीले ४ अर्ब ५ करोड दाबी भुक्तानी गरेको थियो।
तेस्रो त्रैमाससम्म कम्पनीले २९ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा १६.१६ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म कम्पनीले २५ करोड ५६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
कम्पनीको व्यवस्थापन खर्च घटेको छ। गत वर्ष यही अधिवसम्म कम्पनीको व्यवस्थापन खर्च ७९ करोड ३१ लाख रुपैयाँ रहेकोमा समीक्षा अवधिमा घटेर ७५ करोड ४० लाख रुपैयाँमा झरेको छ।
कम्पनीको जीवन बीमा कोषको आकार १८.८० प्रतिशतले बढेर ५८ अर्ब २६ करोड रुपैयाँको भएको छ। गत वर्ष यही अवधिमा जीवन बीमा कोषमा ४९ अर्ब ४ करोड रुपैयाँ रहेको थियो।
गत वर्ष ५२ करोड ९२ लाख रुपैयाँको रहेको कम्पनीको जगेडा तथा कोषको आकार ३७.८१ प्रतिशतले घटेर ३२ करोड ९१ लाख रुपैयाँमा खुम्चिएको छ। महाविपत्ति जगेडाको आकार भने ४९ करोड ४ लाख रुपैयाँबाट बढेर ५८ करोड २६ लाख रुपैयाँको भएको छ।
हालसम्म कम्पनीको कुल कायम रहेको बीमालेखको संख्या १७ लाख २९ हजार ४४२ रहेको छ। गत वर्ष यही अवधिसम्म यो संख्या ११ लाख ५२ हजार ९१४ रहेको थियो।
कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) सामान्य बढेर ८.५३ रुपैयाँ पुगेको छ। गत वर्ष यही अवधिमा ईपीएस ८.४५ रुपैयाँ रहेको थियो। प्रतिसेयर नेटवर्थ ११५.२६ रुपैयाँ रहेको कम्पनीको पीई अनुपात ६८.४६ गुणा रहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago