काठमाण्डौ । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि बम्पर लाभांश प्रस्ताव गरेको छ।

संस्थाको सञ्चालक समितिको बुधबार बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी ४१ करोड ९० लाख ५३ हजार ५५२.५० रुपैयाँको कुल ४५ प्रतिशतले हुन आउने १८ करोड ८५ लाख ७४ हजार ९८.६३ रुपैयाँबराबरको लाभांश प्रस्ताव गरेको हो। 

प्रस्तावित लाभांशमा ४० प्रतिशतले हुन आउने १६ करोड ७६ लाख २१ हजार ४२१ रुपैयाँबराबरको बोनस सेयर र ५ प्रतिशतले हुन आउने २ करोड ९ लाख ५२ हजार ६७७.६३ रुपैयाँबराबरको नगद लाभांश रहेका छन्।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।