काठमाण्डौ । नेपाल राष्ट्र बैंकले नेसनल माइक्रोफाइनान्स र समिट लघुवित्तबीचको मर्जरलाई अन्तिम स्वीकृति प्रदान गरेको छ। 

राष्ट्र बैंकले गत असार २२ गते पत्र पठाउँदै दुवै लघुवित्तबीचको मर्जरलाई अन्तिम स्वीकृति प्रदान गरेको हो। यसअघि गत पुस ७ गते यो मर्जरलाई राष्ट्र बैंकले सैद्धान्तिक सहमति प्रदान गरेको थियो।

यी दुवै लघुवित्तबीच गत असार ६ गते मर्जरका लागि अन्तिम सम्झौता भएको थियो। यी दुवै लघुवित्तबीच गत वर्ष असोज २६ गते मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको थियो। 

दुवै लघुवित्तको गत असार ३ गते सम्पन्न साधारणसभाले मर्जर प्रक्रियालाई स्वीकृत गरेको थियो। दुवै संस्थाको सम्पत्ति, दायित्व तथा कारोबारको मूल्यांकन (डीडीए) प्रतिवेदन सिफारिसबमोजिम सेयर स्वाप रेसियो निर्धारण गरिएको हो। जसअनुसार नेसनल माइक्रोफाइनान्स र समिट लघुवित्तबीच १ः०.७३ सेयर स्वाप रेसियोमा मर्जर हुनेछन्। यसको अर्थ नेसनल माइक्रोफाइनान्सको १०० कित्ता सेयरबराबर समिट लघुवित्तको ७३ कित्ता सेयर कायम हुनेछ।