काठमाण्डौ । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ३ अर्ब ४४ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ।
आज सार्वजनिक चौथो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिको यो खुद बीमा शुल्क गत वर्षको सोही अवधिको तुलनामा २३ प्रतिशतले बढी हो। गत वर्ष कम्पनीको बीमा शुल्क आर्जन २ अर्ब ८० करोड रुपैयाँमा सीमित थियो।
समीक्षा अवधिसम्ममा कम्पनीले लगानी, कर्जा तथा अन्यबाट हुने आयबापत ८३ करोड ८५ लाख रुपैयाँ आर्जन गरेको छ। गत वर्ष यस्तो आय ६९ करोड ८८ लाख रुपैयाँमात्र थियो।
यो अवधिमा कम्पनीले १ अर्ब ३५ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। अघिल्लो वर्ष कम्पनीले ८४ करोड ६९ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो। खुद दाबी भुक्तानी ६०.०१ प्रतिशतले बढेको छ।
समीक्षा अवधिमा कम्पनीको नाफा २६.७२ प्रतिशतले घटेको छ। गत वर्ष यही अवधिमा ११ करोड ८३ लाख रुपैयाँ नाफा गरेकोमा समीक्षा अवधिमा घटेर ८ करोड ६७ लाख रुपैयाँमात्र भएको छ।
कम्पनीको व्यवस्थापन खर्च २६.२४ प्रतिशतले वृद्धि भएर २७ करोड ८० रुपैयाँ पुगेको छ। गत वर्ष यही अवधिमा व्यवस्थापन खर्च २२ करोड २ लाख रुपैयाँमा सीमित थियो।
समीक्षा अवधिमा कम्पनीको जीवन कोषको आकार बढेर ४४ अर्ब ८९ करोड रुपैयाँको भएको छ। गत वर्ष जीवन बीमा कोषमा ३५ अर्ब ९४ करोड रुपैयाँ रहेको थियो। १ अर्ब १४ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा तथा कोषको आकार घटेर ९६ करोड ५ लाख रुपैयाँमा सीमित बनेको छ।
समीक्षा अवधिसम्म कम्पनीको कुल कायम बीमालेखको संख्या ९ लाख ७० हजार ४९४ रहेको छ। गत वर्ष कुल कायम बीमालेखको संख्या ८ लाख ८२ हजार ७२६ रहेको थियो।
चुक्तापुँजी ३ अर्ब ३९ करोड रुपैयाँ रहेको कम्पनीको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) १०.२३ रुपैयाँ, पीई अनुपात ९४.०५ गुणा र प्रतिसेयर नेटवर्थ १३६.८९ रुपैयाँ रहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago