काठमाण्डौ । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६/७७ का लागि लाभांश प्रस्ताव गरेको छ।

कम्पनी सञ्चालक समितिको बुधबार बसेको बैठकले हाल कायम चुक्तापुँजी ३ अर्ब ३९ करोड ८ लाख ८९ हजार २०३ रुपैयाँको कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांशमा १९ प्रतिशतले हुन आउने ६४ करोड ४२ लाख ६८ हजार ९४९ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ १ प्रतिशतले हुन आउने ३ करोड ३९ लाख ८ हजार ८९२ रुपैयाँबराबरको बोनस सेयर रहेका छन्।

प्रस्तावित लाभांश बीमा समितिको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी कार्यान्वयन गरिने कम्पनीले जनाएको छ।