– अर्जुन तिमिल्सिना
काठमाण्डौ । रैराङ र रिडी जलविद्युत कम्पनी आपसमा मर्ज भएर ‘रिडी पावर कम्पनी लिमिटेड’ बनेको छ। सोलर ऊर्जासहित यो कम्पनीको उत्पादन क्षमता २३ मेगावट रहेको छ। यही क्षमताभित्र कम्पनीको ८.५ मेगावटको सोलर पावर पनि सञ्चालित छ।
कम्पनीले लोवर बलेफीअन्तर्गत २० मेगावटको छुट्टै आयोजना निर्माणको चरणमा छ। यसका लागि पुँजी जुटाउन कम्पनीेले १ः१ अर्थात चुक्तापुँजीको सतप्रतिशत हकप्रद ल्याउने लागेको कम्पनीका सञ्चालक गुरु न्यौपानेले बताए।
आधाभूत पक्ष
कम्पनीको हाल चुक्तापुँजी १ अर्ब १० करोड रुपैयाँ रहेको छ। रिजर्भमा ५८ करोड ६८ लाख रुपैयाँ छ। गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीले ५४ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। कम्पनीको ईपीएस ४९.४ रुपैयाँ, बुक भ्यालु १५३.०५ रुपैयाँ र रिटर्न अन इक्विटी (आरओई) ३२.१५ प्रतिशत रहेको छ। कम्पनीको ५२ साताको न्यून मूल्य ५१५ रुपैयाँ र उच्च मूल्य ६४४ रुपैयाँ रहेको छ।
प्राविधिक पक्ष
फियर एन्ड ग्रिड मिटरका आधारमा
फियर एन्ड ग्रिड मिटरका आधारमा यो कम्पनीमा लगानीकर्ताको सेन्टिमेन्ट ४० को जोनमा न्युट्रल सेन्टिमेन्ट रहेको छ। यस्तो सेन्टिमेन्ट २० भन्दा तल भएमा लगानीकर्ता अधिक डराएको र ८० भन्दा तल भएमा लगानीकर्ता बढी हौसिएको बुझिन्छ। (हेर्नुहोस् माथि मुख्य तस्बिरमा)
सुपर ट्रेन्डका आधारमा
यो कम्पनीको मूल्यरेखालाई सुपर ट्रेन्डमार्फत हेर्दा बियरिस ट्रेन्ड देखिन्छ। केही दिन पहिला मूल्यरेखाले सुपर ट्रेन्डलाई काटेर तल झरेको छ। योसँगै सुपर ट्रेन्डको रङ पनि हरियोबाट रातो भएको छ। यसले सेयरमूल्यमा बिक्री दबाब परेको देखिन्छ।
बोलिंगर ब्यान्ड, म्याक्डी र आरएसआईका आधारमा
यो कम्पनीको चार्टलाई आवरली चार्टमा बोलिंगर ब्यान्डमार्फत हेर्दा मूल्यरेखा ब्यान्डको तल्लो ब्यान्डसँगै हिँड्न खोजेको देखिन्छ। चार्टमा रातो लामो क्यान्डल बनेको छ।
म्याक्डीमा गत १५ सेप्टेम्बरमा बियरिस क्रसओभर बनेको हालसम्म पनि भ्यालिड नै रहेको छ। आरएसआई २५ को ओभर सोल्ड जोनमा पुगेको छ। यसले अल्पकालीन बाउन्सको सम्भावना देखिन्छ।
पिभट प्वइन्टका आधारमा
पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यनूतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ।
बढेमा प्रतिरोध
पिभट प्वइन्टः ५४८
घटेमा सपोर्ट
निष्कर्ष
जलविद्युत कम्पनीहरुमध्ये आधारभूत रुपमा यो कम्पनी बलियो देखिन्छ। रिजर्भ, नेटवर्थ र ईपीएस राम्रो नै मान्न सकिन्छ। प्राविधिक रुपमा भने यो कम्पनीमा पनि अन्य कम्पनीहरुमा जस्तै बिक्री दबाब परेको देखिन्छ। तर, अन्य कम्पनी जसरी अझै पनि ठूलो गिरावट भने यस कम्पनीको सेयरमा आएको अवस्था छैन। अल्पकालमा भने यस कम्पनीमा अझै केही अंक गुमाएर कुनै पनि बेला बढोत्तरीको सम्भावना आरएसआईमार्फत हेर्दा देखिन्छ। फियर एन्ड ग्रिडले न्युट्रल सेन्टिमेन्ट देखिन्छ। यो भनेको यो कम्पनीका लगानीकर्ता धेरै नडराएको तथा नहौसिएको अवस्था हो।
नोट : सेयर बजारमा प्राविधिक विश्लेषण एक औजारमा आधारित अनुमानित विश्लेषण हो। लगानीकर्ताले आफ्नो जोखिम लिन सक्ने क्षमता र कम्पनीको वित्तीय अवस्था हेरेरमात्र लगानी गर्नुपर्छ। यो कारोबारका लागि सिफारिस भने होइन।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19