rastriya baanijya bank
काठमाण्डौ । पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक लिमीटेडले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा कमालको प्रगति हासिल गरेको छ । यो बैंकले गत वर्षको यही अवधिमा ५० करोड रहेको खूद नाफालाई बढाएर ७० करोड ९५ लाखको उचाईमा पुर्याएको हो ।
समीक्षा अवधिमा बैंकले १ अर्ब ७४ करोड खूद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी १ अर्ब २९ करोडमा सीमित थियो ।
इो अवधिमा बैंकले १ खर्ब ४८ अर्ब निक्षेप संकलन गरी १ खर्ब ६ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा बैंकले १ खर्ब ४६ अर्ब निक्षेप संकलन गरी ८५ अर्ब ९८ करोड कर्जा परिचालन गरेको थियो ।
बैंकले जगेडाकोषलाई निकै मजबुत बनाएको छ । अघिल्लो वर्षको पहिलो त्रैमाससम्म १ अर्ब २३ करोड रुपैयाँ रहेको कोषमा समीक्षा अवधिमा ३ अर्ब ८२ करोड रुपैयाँ जम्मा भएको छ ।
बैंकले यो अवधिमा संभावित जोखिम बापत व्यवस्थाबाट १५ करोड २३ लाख फिर्ता ल्याएको छ भने संभावित जोखिम वापत व्यवस्थामा ३३ करोड ४४ लाख राखेको छ ।
अघिल्लो आबको पहिलो त्रैमाससम्म ३.३० प्रतिशत रहेको निस्क्रिय कर्जामा सुधार गरी २.९२ प्रतिशतमा झारेको बैंकको सेयरधनीकोषमा प्रतिफल २३.५४ प्रतिशत रहेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago