initial public offering
काठमाण्डौ । बाराको सिमरामा अवस्थित समता माइक्रो फाइनान्स बित्तीय संस्था लिमीटेडले आगामी पुस १९ गतेदेखि ९४ लाख ८० हजार बराबरको सेयरको प्राथमिक निश्कासन(आइपीओ) गर्ने भएको छ ।
आइपीओका लागि सर्वसाधारणले पुस २२ गतेसम्म आवेदन दिनसक्ने व्यवस्था मिलाइएको छ । सो अवधिसम्म पनि माग गरे अनुसार आइपीओको आवेदन नपरे अधिकतम मिति भनी माघ ४ लाई तोकिएको छ ।
इच्छुक लगानीकर्ताले न्यूनतम ५० देखि ५ सय कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
यो माइक्रो फाइनान्स कम्पनीले १ हजार ८ सय ९६ कित्ता सेयर आफ्ना कर्मचारीका लागि, ४ हजार ७ सय ४० कित्ता १० वटा म्युुचुुल फण्डलाई र बाँकी कित्ता सर्वसाधारणका लागि छुट्याएको छ ।
यो कम्पनीको आइपीओको बिक्री प्रबन्धकमा एनआइबिएल क्यापिटल मार्केट लिमीटेड रहेको छ ।
आइपीओको व्यवस्थापनपछि कम्पनीको चुक्तापूँजी हालको २ करोड २१ लाखबाट ३ करोड १६ लाखको उचाईमा पुुग्नेछ । यो माइक्रो फाइनान्सको अधिकृत पूँजी ५ करोड रुपैयाँको छ । यस्तै, आइपीओपछि कम्पनीमा संस्थापक साधारण सेयरधनीको सेयर स्वामित्व संरचना ७० : ३० प्रतिशतमा रुपान्तरण हुनेछ ।
आवेदन संकलन केन्द्रहरु :
१.एनआइबिएल क्यापिटल मार्केट्स लिमीटेड, लाजिम्पाट, काठमाण्डौ । सम्पर्क व्यक्ति र फोन : बद्री प्याकुरेल, ४००५०८०
२.नेपाल इन्भेष्टमेन्ट बैंकका शाखा कार्यालयहरु :पुतलीसडक, लाजिम्पाट, कालीमाटी, बौद्ध, बत्तिसपुतली, ठमेल, पुल्चोक, लगनखेल, सिपाडोल तथा उपत्यका बाहिरका सम्पूर्ण शाखा कार्यालयहरु । सम्पर्क व्यक्ति र फोन : बद्री प्याकुरेल, ४००५०८०
३.समता माइक्रो फाइनान्स बित्तीय संस्था लिमीटेड, सिमरा, बारा तथा सम्पूर्ण शाखा कार्यालयहरु । सम्पर्क व्यक्ति र फोन : ०५३-५२१९२१, रोशन गुरुंग
४.भिबोर क्यापिटल लिमीटेड, कृष्णगल्ली, ललितपुर । सम्पर्क व्यक्ति र फोन : सागर तामांग, ५५५४७९३
५.सिबीआइएल क्यापिटल लिमीटेड, डिल्लीबजार काठमाण्डौ । सम्पर्क व्यक्ति र फोन : सञ्जिव भण्डारी, ४४१७७२३
६.गोर्खाज् फाइनान्स लिमीटेड, डिल्लीबजार काठमाण्डौ तथा शाखा कार्यालयहरु : बौद्ध, न्यूरोड, सातदोबाटो, सूूर्यबिनायक, दमक, धरान, इटहरी, नारायगढ र विर्तामोड । सम्पर्क व्यक्ति र फोन : मुकुन्द श्रेष्ठ, ४४३०५२७
७.गुहेश्वरी मर्चेन्ट बैकिंग एण्ड फाइनान्स लिमीटेड । हरिहर भवन, ललितपुर तथा शाखा कार्यालयहरु चावहिल, हेटौडा, वीरगञ्ज र चारआली । सम्पर्क व्यक्ति र फोन : अर्चना प्रधान, ५५३७४०७
८.आइसीएफसी फाइनान्स लिमीटेड, भाटभटेनी काठमाण्डौ तथा शाखा कार्यालयहरु बौद्ध, मैतीदेवी, गोगंबुु, पेप्सीकोला, न्यूरोड र बनेपा । सम्पर्क व्यक्ति र फोन : नितेश तिवारी, ४४२५२९२
९.सिनर्जी फाइनान्स लिमीटेड, कमलादी काठमाण्डौ । शाखा कार्यालयहरु : गोगंबु, न्यूरोड पोखरा र मिलनचोक बुटवल । सम्पर्क व्यक्ति र फोन : राजेश पुरी, ४४४२४६१
१०.हाम्रो विकास बैंक लिमीटेड, नूवाकोट । सम्पर्क व्यक्ति र फोन : राकेश डंगोल, ०१०५६१७७७
११.साझा विकास बैंक लिमीटेड, धनगढी, कैलाली तथा शाखा कार्यालयहरु : टिकापुर र महेन्द्रनगर । सम्पर्क व्यक्ति र फोन : कमला बजगाई, ०९१५२६००
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19