काठमाण्डौ । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

यो अवधिमा संस्थाको नाफा गत वर्षको यही अवधिको तुलनामा ३.८८ प्रतिशतले बढेको छ। गत वर्ष ३ करोड १२ लाख रुपैयाँ नाफा आर्जन गरेको संस्थाले समीक्षा अवधिमा ३ करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। 

संस्थाको सञ्चालन मुनाफा पनि ४.०२ प्रतिशतले बढेर ५ करोड १३ लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिमा संस्था सञ्चालन मुनाफा ४ करोड ९३ लाख रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी ४०.४९ प्रतिशतले बढेको छ। गत वर्ष यही अवधिमा ७ करोड ९३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा समीक्षा अवधिमा बढेर ११ करोड १५ लाख रुपैयाँ पुगेको छ। 

संस्थाले २ अर्ब ९० करोड रुपैयाँ सापटी लिई ५ अर्ब ३७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। गत वर्ष यही अवधिमा संस्थाले २ अर्ब ३४ करोड रुपैयाँ सापटी लिई ४ अर्ब ४७ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।

चुक्तापुँजी ५३ करोड ९८ लाख रुपैयाँ संस्थाको रिजर्भको आकार ३१.(०९ प्रतिशतले बढेर ३९ करोड ७५ लाख रुपैयाँको भएको छ। गत वर्ष रिजर्भमा ३० करोड ३२ लाख रुपैयाँ रहेको थियो।

संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) २४.०५ रुपैयाँ रहेको छ। पीई रेसियो ३८.८० गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १७३.६५ रुपैयाँ रहेको छ।