काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०७७–७८का लागि लाभांश प्रस्ताव गरेको छ।
कम्पनी सञ्चालक समितिको सोमबार (वैशाख २५ गते) साँझ बसेको बैठकले हाल कायम चुक्तापुँजी २ अर्ब रुपैयाँको कुल १०.५२६ प्रतिशतबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांशमा १० प्रतिशतले हुन आउने २० करोड रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.५२६ प्रतिशतले हुन आउने १ करोड ५ लाख २६ हजार ३१६ रुपैयाँबराबरको नगद लाभांश छन्।
प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गर्ने कम्पनीले जनाएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago