काठमाण्डौ । प्रभु इन्स्योरेन्ससँग मर्ज प्रक्रिया भाँडिएसँगै अजोड इन्स्योरेन्सले युनाइटेड इन्स्योरेन्ससँग मर्जरमा जाने प्रारम्भिक सम्झौता गरेको छ। 

प्रारम्भिक सम्झौतापत्रमा अजोडका सञ्चालक चिरञ्जिवी दावा र युनाइटेड इन्स्योरेन्सका सञ्चालक रविन्द्र राज पन्तले मंगलबार साँझ हस्ताक्षर गरेका छन्। सम्झौता कार्यक्रममा युनाइटेडका अध्यक्ष रविभक्त श्रेष्ठ र अजोडका अध्यक्ष आजाद श्रेष्ठको उपस्थिति थियो।

युनाइटेड र अजोडबीच १००ः९० स्वाप रेसियो अनुपातमा मर्जर गर्ने प्रारम्भिक सहमति भएको छ।

प्रारम्भिक सम्झौतामा भएको सहमतिअनुसार स्वाप रेसियो कायम नहुने भएपछि अजोड र प्रभु इन्स्योरेन्सबीचको मर्जर भाँडिएको स्रोत बाउँछ। 

प्रभु र अजोडबीच गत असार ३२ गते मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको थियो। प्रारम्भिक सम्झौतामा प्रभु र अजोड १००ः७० सेयर स्वाप अनुपातमा मर्ज हुने सहमति भएको थियो। तर, पछि ६० मात्र दिन खोजेपछि अजोडले प्रभुसँग मर्जरमा नजाने निर्णय गरेको बताइएको छ।