काठमाण्डौ । प्रभूू इन्स्योरेन्स कम्पनी लिमीटेडले आफ्ना सेयरधनीलाई १९.२० प्रतिशत बोनस सेयर वितरणको निर्णय गरेको छ । 

यो बिमा कम्प्नीको बोर्ड बैठकले आर्थिक वर्ष २०७३/७४ को नाफाबाट १९.२० प्रतिशत बोनस सेयर वितरणको निर्णय गरेको हो । 

यो निर्णय बिमा समिति र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ । 

हाल यो कम्पनीको चुक्तापूँजी ५७ करोड ७५ लाख रुपैयाँ रहेको छ । बोनस सेयर वितरणपछि चुक्तापूँजी बढेर ६८ करोड ८४ लाखको उचाईमा पुुग्नेछ । 

यो बिमा कम्पनीले अघिल्लो आर्थिक वर्ष १७ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । अघिल्लो आर्थिक वर्षमा यो कम्पनीले ५० प्रतिशत हकप्रद निश्कासन गरेको थियो । 

यो कम्पनीले आर्थिक वर्ष २०७३/७४ मा १७ करोड ३८ लाख खूद नाफा आर्जन गरेको थियो ।