काठमाण्डौ । प्राइम कमर्सियल बैंकले व्यक्तिगत मुद्दतितर्फको ब्याजदर बढाएको छ । 

कात्तिक १ गते(भोलि)देखि लागू हुने गरी प्राइम बैंकले व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर केही बढाएको हो । 

नयाँ ब्याजदरअनुसार ३ महिनादेखि ६ महिना अवधिको व्यक्तिगत मुद्दतिमा ९ प्रतिशत, ६ महिनादेखि १ वर्षे अवधिको व्यक्तिगत मुद्दतिको ब्याजदर ९.२५ प्रतिशत र एक वर्षे वा सोभन्दा बढी अवधिको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ९.७५ प्रतिशत कायम गरिएको छ । 

असोज महिनामा प्राइम बैंकले ३ महिने अवधिको व्यक्तिगत मुद्दति निक्षेपमा ८ प्रतिशत, ६ महिनादेखि १ वर्षे अवधिको मुद्दति निक्षेपमा ९ प्रतिशत र १३ महिना वा सोभन्दा बढी अवधिको मुद्दति निक्षेपमा ९.२५ प्रतिशत ब्याजदर तोकेको थियो । 

प्राइम बैंकले संस्थागत मुद्दति निक्षेपको ब्याजदर भने यथावत राखेको छ । जसअनुसार ३ महिनादेखि १ वर्षे अवधिको संस्थागत मुद्दति निक्षेपमा ९.५० प्रतिशत र १ वर्ष वा सोभन्दा बढी अवधिको निक्षेपमा ९.७६ प्रतिशत ब्याजदर तोकिएको छ । 
यो बैंकले बचत खाताको ब्याजदर पनि यथावत नै राखेको छ ।