-अर्जुन तिमिल्सिना
काठमाण्डौ । सेयरबजारमा दसैं अगाडि हराएको रौनक यो साताको २ वटा सुरुवाती कारोबार दिनमा पनि आउन सकेको छैन । बिगत दश कारोबारलाई हेर्दा सेयर कारोबार रकम र भोल्युम दुवैमा गिरावट भएको देखिन्छ । बिगतका १० वटा कारोबार ५ अर्ब रुपैयाँभन्दा कमको देखिन्छ । यसले लगानीकर्ता 'पर्ख र हेर'को अबस्थामा भएको बुझिन्छ ।
आइतबारको कारोबारको तुलनामा सोमबार कारोबार बढे पनि नेप्से इन्डेक्स घटेको छ । क्याण्डल स्टिकको आधारमा आज कालो लामो मारुबुजु बनेकोले बजारमा थप अझै केही दिन बिक्री चाप पर्नसक्ने देखिन्छ ।
गत साता लामो दसैं बिदा परेकोले र कारोबार नभएकोले प्राबिधिक रुपमा पनि ठूलो फेरबदल नभएको देखिन्छ । आरएसआइ डाइभरजेन्स नै देखिन्छ । यो ३५ को तहमा भएकोले ओभरसोल्ड जोनको नजिक रहेको छ । यसले बजारमा बिक्री चाप परेको र लामो समय ओभरसोल्ड जोनमा रहन्छ भने यो बियरिसको पनि संकेत हो ।
इलिअट वेभका आधारमा
यो सिद्धान्तमा ५ वेभ र ९ डिग्री हुन्छन्। त्यस्ता डिग्रीहरुले सानाठूला गरेर १ दिनदेखि १०० वर्षसम्मको समय अवधिलाई प्रतिनिधित्व गर्छन्। इलिअट वेभमा बजार माथि जान ५ फरक–फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन्। माथि लाग्ने ५ वेभमा पनि ३ वटा चढावका र २ वटा सुधारका देख्न सकिन्छ। यसमा १, ३, ५ चढावका हुन्छन् भने २ र ४ मा करेक्सनका हुन्छन्। वेभ ५ को करेक्सन वेभ ए हो। वेभ ए, बी र सीले बजार तल जाने संकेत गर्छन्। यदि नेपलाको सेयरबजारलाई २९३ को बिन्दूदेखि अहिलेसम्मको चक्रलाई केलाएर हेर्ने हो भने र करिब १० बर्षको चक्रमा इन्टरमिडियट वेभको वेभ (१) १८८१ मा बनाएको देखिन्छ । वेभ (२) बनाउन बजार करेक्सन हुँदै १०९८ को बिन्दुमा बलियो टेवा लियर हाल इन्टरमिडिएट डिग्रीको वेभ (३) लगभग ३२०० सम्म पुगेको छ । जसलाई हामीले भन्दै आएका छौ कि यो सबै भन्दा लामो र ठूलो हुन्छ । वेभ (४) भनेको करेक्सन हो जुन अहिले भइरहेको छ । सामान्यतय वेभ (४), वेभ (३) मा फिवोनासीको ३८.२ प्रतिशतसम्म करेक्सन हुन्छ भन्ने मान्यताको आधारमा हालको करेक्सन बजारले अझै केही अंक गुमाएर २४६० सम्म पनि आउनसक्छ ।
इलिअट वेभकै वेभ १ बराबर वेभ ५ पनि हुन्छ भन्ने सिद्धान्तलाई आधार मान्दा अब यहाँबाट बढेको बजार लगभग (२४६० प्लस १८८१) लगभग बजार ४३०० सम्म पुगेर वेभ (५) सकिन सक्छ ।
बोलिङ्गर ब्याण्ड
यो ब्याण्डको आधारमा मूल्य रेखाले तल्लो ब्याण्डलाई छोएर फर्केको छ, लामो समयदेखि मध्य ब्याण्डभन्दा माथि जान सकेको छैन । यसले बजार पटक पटक माथि जान खोजेको, तर नसकेको बुझिन्छ । आजको कारोबारमा पनि तल्लो रेखा र मध्यरेखाको बीचमा कालो लामो मारुबुजु मैनबत्ति बनेको छ। यसले बिक्री चाप परेको बुिझन्छ ।
सेयर भोल्युम
बजार घट्दै जाँदा कारोबार र सेयर भोल्युम क्रमशः हराउँदै गएको छ । यसले लगानीकर्ता पर्ख र हेरको अबस्थामा रहेको बुझिन्छ ।
एमएसीडीको आधारमा
एमएसीडीको आधारमा बजार केही दिन पहिले सिग्नल लाइनले एमएसीडी लाइनलाई क्रसओभर गरेर बुलिस भएको देखिन्छ । हिस्टोग्राम पनि पोजेटिभ भएका छन् । यो आधामा बजार अझै पनि बुलिस नै भएको भन्न सकिन्छ ।
आरएसआइको आधारमा
बजारका हालको आरएसआइ ३५ को तहमा देखिन्छ । केही हप्ता पहिले २३ को तहमा पुगेर फर्किएको यो बिन्दु पुन ३० भन्दा माथि नै रहेर डाइभरजेन्स भएको छ । यसले पेनिक सेल हराएको भनेर बुझ्न सकिन्छ ।
पिभट प्वाइन्ट
बजार बढेमा
पहिलो प्रतिरोध २७०१
दोस्रो प्रतिरोध २७६२
तेस्रो प्रतिरोध २८०५
पिभोट पोइन्ट २६५८
बजार घटेमा
पहिलो सर्पोट २६००
दोस्रो सर्पोट २५५४
तेस्रो सर्पोट २४९३
(नोट: सेयर बजारमा प्राविधिक विश्लेषण विभिन्न औजारमा आधारित अनुमान हो। लगानीकर्ताले लगानी गर्दा आफ्नो जोखिम लिनसक्ने क्षमता र कम्पनीको वित्तीय अवस्था हेरेर लगानी गर्नुपर्छ। यो कुनै कारोबारको सिफारिस भने होइन। कारोबार गर्दा आफ्नो स्वविवेक प्रयोग गर्नुपर्छ ।)
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago