काठमाण्डौ । प्रिमियममा आईपीओ ल्याउन लागेको आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७९–८० को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले २ अर्ब ९८ करोड ५८ लाख कुल बीमा शुल्क आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले २ अर्ब ४४ करोड ७३ लाख कुल बीमा शुल्क आर्जन गरेको थियो। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन २२ प्रतिशतले बढी हो।
यस अवधिमा कम्पनीले कम्पनीले २ अर्ब ८९ करोड ४ लाख खुद बीमा शुल्क आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले २ अर्ब ३७ करोड ९२ लाख खुद बीमा शुल्क आर्जन गरेको थियो। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन २१ प्रतिशतले बढी हो।
कम्पनीको चुक्तापुँजी २ अर्ब ८० करोड रुपैयाँ रहेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीको १ अर्ब ४० करोड चुक्ता पूँजी रहेको थियो।
गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको चुक्तापुँजी १०० प्रतिशतले बढी हो। यस अवधिसम्ममा कम्पनीको जगेडा कोषमा १ अर्ब १० करोड ५ लाख रुपैयाँ संचिती रहेको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको जगेडा कोष ८१ प्रतिशतले बढी हो।
जीवन बीमा कोषमा ६ अर्ब ७ करोड ७३ लाख रुपैयाँ रहेको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको जीवन बीमा कोष ४३ प्रतिशतले बढी हो।
कम्पनीको दीर्घकालीन लगानी तथा कर्जा ८ अर्ब ४ करोड ७१ लाख रुपैयाँ रहेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीको ४ अर्ब ४१ करोड १९ लाख दिर्घकालिन लगानी तथा कर्जा रहेको थियो। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको दीर्घकालीन लगानी तथा कर्जा ८२ प्रतिशतले बढी हो।
यस त्रैमाससम्ममा कम्पनीको खुद नाफा १८ करोड २४ लाख रुपैयाँ रहेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १० करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद नाफा ७९ प्रतिशतले बढी हो।
यस अवधिसम्म कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ८.६९ रुपैयाँ रहेको छ। प्रतिसेयर नेटवर्थ १४३ रुपैयाँ ६७ पैसा रहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago