काठमाण्डौ । गत आर्थिक वर्षको मुनाफाबाट बम्पर लाभांश वितरणको प्रस्ताव पारित गर्दै फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको नवौ बार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष भगबती चौधरीको अध्यक्षतामा संस्थाको केन्द्रयी कार्यालय दुहवी, सुनसरीमा साधारणसभा सम्पन्न भएको हो ।
सो साधारणसभाले ४२ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरेको छ ।सभाले शेयरधनीहरुलाई ३५ प्रतिशत बोनस शेयर तथा ७ प्रतिशत नगद लाभांश वितरण गर्ने सञ्चालक समितिको निर्णयलाई अनुमोदन गरेको हो । बोनस शेयर वितरणपछि वित्तीय संस्थाको चुक्ता पुंजी रु. ८४ करोड ४४ लाख ५० हजार नौ सय ८७.५० हुनेछ ।
सभामा बोल्दै वित्तीय संस्थाका अध्यक्ष भगवती चौधरीले गैरसरकारी संस्थाको रुपमा स्थापना भएको ग्रामीण महिला उत्सुकता विकास मञ्चले नेपाल राष्ट्र बैंकबाट वित्तीय मध्यस्थताकर्ताको अनुमति लिई सञ्चालन गरेको लघुवित्त कार्यक्रमलाई यस वित्तीय संस्थाले अघि बढाएको जानकारी दिइन् ।
उनले लघुवित्त संस्थाले व्यावसायिक मर्यादाका साथै सामाजिक उत्तरदायित्व निर्वाह गर्दै लघुवित्त कार्यक्रमको माध्यमबाट नेपालका विपन्न परिवारको जीवनस्तर उकास्न क्रियाशील रहेको जानकारी गराएकी थिइन् ।
उक्त सभाले वित्तीय संस्थाका अध्यक्ष भगवती चौधरीद्वारा सञ्चालक समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन पारित गरेको थियो ।
सभामा स्वागत मन्तव्यका साथै वित्तीय संस्थाको वर्तमान अवस्थाका बारेमा जानकारी दिँदै प्रमुख कार्यकारी अधिकृत आशनारायण चौधरीले वित्तीय संस्थाले आर्थिक बर्ष २०७७/०७८ मा नाफा ५१ करोड ३ लाख ३४ हजार पाँच सय पाच रुयैयाँ रहेकोमा २०७८ पुष २८ गते सम्म ४० जिल्लाका १५९ शाखा कार्यालयमार्फत् दुई लाख ८१ हजारभन्दा बढी ग्राहक सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गरेको बताए । ग्राहक सदस्यसँग रु. २० अर्ब २३ करोड भन्दा बढी लगानीमा बाँकी रहेको कर्जा तथा रु. ७ अर्ब २० करोड भन्दा बढी बचत सङ्कलन गरेको जानकारी गराएका थिए ।
सभाले लेखापरीक्षकको प्रतिवेदनसहितको २०७८ आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त आर्थिक वर्ष २०७७/७८ को नाफा/नोक्सान हिसाब तथा नगदप्रवाह विवरण र सम्बन्धित अनुसूचीहरू, लेखापरीक्षण समितिले सिफारिस गरेबमोजिम वित्तीय संस्थाको आर्थिक वर्ष २०७८/७९ को कारोबारको लेखापरीक्षण गर्नका लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने विषयलाई पारित गरेको थियो । साथै वित्तीय संस्थाको प्रबन्ध पत्र र नियमाबलीका केही बुदाहरु संशोधनका प्रस्ताव पेश भएकाले सो संशोधित बुदाका प्रस्तावहरु पारित गरियो ।
उक्त साधारण सभामा वित्तीय संस्थाका संस्थापक बासुदेव गौतम, सञ्चालक सदस्य सविता पौडेल र बलराम चौधरी साथै भर्चुअलबाट सञ्चालक केशवराज पौडेलले शुभकामना मन्तव्य व्यक्त गर्दै संस्थाले आर्थिक रुपले महिलाहरुलाई सशक्त बनाउने अभियानमा सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गरेका थिए ।
नवौ बार्षिक साधारण सभा सञ्चालक मनोनयन गर्ने सभा भएकाले निर्वाचन कार्यक्रमबाट व्यक्तिगत शेयर समूहका तर्फबाट सञ्चालकमा भगवती चौधरी र सर्वसाधारण शेयर समूहबाट सञ्चालकमा बलराम चौधरी र जगतजंग जी.सी. गरी जम्मा ३ जना सञ्चालक निर्विरोध निर्वाचित भएका छन् ।
त्यसैगरी, संस्थागत शेयरधनीहरुबाट सो सभाबाट ग्रामीण महिला उत्सुकता विकास मञ्चका तर्फबाट राजकुमारी तब्दार र एभरेष्ट बैंकका तर्फबाट आशुतोष शर्मा र केशवराज पौडेलले प्रतिनिधित्व गर्ने गरी सभाले अनुमोदन हुने पारित गरियो ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19