काठमाण्डौ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।

संस्थाले समीक्षा अवधिमा ८ करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा ६.१५ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा संस्थाले ८ करोड ९४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिमा संस्थाको सञ्चालन मुनाफा पनि ६.१५ प्रतिशतले घटेर १३ करोड १८ लाख रुपैयाँमा सीमित भएको छ। गत वर्ष यही अवधिमा यस्तो मुनाफा १४ करोड ५ लाख रुपैयाँ गरेको थियो। 

यो अवधिमा संस्थाको खुद ब्याज आम्दानी पनि ६.०४ प्रतिशतले घटेको छ। गत वर्ष यही अवधिमा २९ करोड १ लाख रुपैयाँमा खुद ब्याज आम्दानी गरेमो समीक्षा अवधिमा घटेर २७ करोड २५ लाख रुपैयाँमा सीमित बनेको छ। 

संस्थाले १० अर्ब ४७ करोड रुपैयाँ सापटी लिई १७ अर्ब ७५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। गत वर्ष यही अवधिमा संस्थाले ६ अर्ब ९८ करोड सापटी लिई १२ अर्ब ७४ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो।

समीक्षा अवधिमा संस्थाको रिजर्भको आकार ३२.९९ प्रतिशतले बढेर १ अर्ब ३४ करोड रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष रिजर्भमा १ अर्ब १ करोड रुपैयाँ थियो।

यो अवधिमा संस्थाको निष्क्रिय कर्जा (एनपीएल) ३७.२६ प्रतिशतले बढेको छ। गत वर्ष यही अवधिमा एनपीएल २.७१ प्रतिशत रहेकोमा समीक्षा अवधिमा बढेर ३.७२ प्रतिशत पुगेको छ। 

संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ५३.६७ रुपैयाँ रहेको छ। मूल्य आम्दानी अनुपात (पीई रेसियो) ५३.१४ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ ३१५.५३ रुपैयाँ रहेको छ।