काठमाण्डौ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि बम्पर लाभांश प्रस्ताव गरेको छ।
संस्थाको मंगलबार बसेको बैठकले गत आर्थिक वर्षसम्मको वितरणका लागि उपलब्ध मुनाफाबाट हाल कायम चुक्तापुँजी ६२ करोड ५५ लाख १९ हजार २५० रुपैयाँको कुल ४२ प्रतिशतले हुन आउने २६ करोड २७ लाख १८ हजार ८५ रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांशमा ३५ प्रतिशतले हुन आउने २१ करोड ८९ लाख ३१ हजार ७३७.५ रुपैयाँबराबरको बोनस सेयर रहेको छ। त्यस्तै ७ प्रतिशतले हुन आउने ४ करोड ३७ लाख ८६ हजार ३४७.५ रुपैयाँबराबरको नगद लाभांश (करसहित) रहेको छ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी कार्यान्वयनमा ल्याइने संस्थाले जनाएको छ।
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19