काठमाण्डौ । वाणिज्य बैंक र विकास बैंकपछि फाइनान्स कम्पनीले पनि चैतमा निक्षेपको ब्याज घटाउने निर्णय गरेका छन्।
फाइनान्स कम्पनी संघको बैठकले १ वर्षको मुद्दति निक्षेपको ब्याजदर ०.२० प्रतिशतको विन्दुले घटाउने निर्णय गरेको हो। संघले ३ महिनामाथिको निक्षेपको ब्याजदर ०.१५ प्रतिशतको विन्दुले घटाउने निर्णय गरेको छ। अब छोटो र लामो अवधिको मुद्दति निक्षेपको ब्याज दर फरक हुने संघले जनाएको छ।
संघले बचतको ब्याज दरमा कुनै सहमति गरेको छैन। कम्पनीहरुले आफ्नो सहजताका हिसाबले बचतमा ब्याज दिन सक्नेछन्।
बाणिज्य बैंक र फाइनान्स कम्पनीले भने मुद्दतिमा जस्तै बचतमा पनि ब्याजदरमा सहमति गरेका छन्।
बाणिज्य बैंकहरुले चैत १ गतेदेखि लागू हुने बचतको ब्याजदरमात्र घटाएका छन्। विकास बैंकहरुले भने मुद्दति र बचत दुवैको घटाएका छन्।
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago