-अर्जुन तिमिल्सिना 
काठमाण्डौ । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेड नेपाल स्टक एक्सचेञ्ज(नेप्से) को विभिन्न समूह अन्तरगत लगानी समूहमा सूचीकृत छ।
 

यो कम्पनी करिब १० वर्ष पहिले गैरआवासीय नेपाली र नेपालमै रहेका अन्य भेट्रान लगानीकर्ताको समूहमार्फत् खासगरी जलविद्युत् क्षेत्रमा लगानी गर्ने उद्देश्यले स्थापना भएको हो।

यो कम्पनीमा शेष घले, जीवानाथ लामिछाने, अम्बिकाप्रसाद पौडेललगायतका भेट्राल लगानीकर्ताहरुको समूह छ। यसमा गैरआसीय मात्रै ७९५ जना लगानीकर्ता छन् । 

 कम्पनीले २७ मेगावाटको दोर्दी खोला जलविद्युत् कम्पनी, ७३ मेगावटको मिडिल तमोर हाइड्रो प्रोजेक्ट, २८.१ मेगावटको लोअर लिखु, १४.३ मेगावटको माथिल्लो मैलुङखोला जलविद्युत र २१.३ मेगावटको ठूलो खोला जलविद्युत आयोजनामा गरेर १६४ मेगावटका विभिन्न जलविद्युत आयोजनामा लगानी गरेको देखिन्छ।

यस बाहेक पनि कम्पनीले विभिन्न इक्विटीमा पनि लगानी गरेको छ ।  कम्पनीका प्रमूख कार्यकारी अधिकृत हेमन्त बस्यालका अनुसार ठूलो खोला आयोजना बाहेक अन्य चार आयोजनाहरु करिब करिब निर्माण सम्पन्न भइसकेका छन् ।

कम्पनीले विभिन्न रणनीतिक योजनासहित संस्थागत सुशासन, पारादर्शिता र जबाफदेहितामा आधारित भएर अगाडि बढिरहेको सीईओ बस्यालले बताए ।  
आधारभुत पक्ष :
चालू आर्थिक वर्ष २०८०/ ०८१ कोे पहिलो त्रैमासिक प्रतिबेदन अनुसार कम्पनीको चुक्तापूँजी १ अर्ब २२ करोड रुपैयाँ, जगेडा कोषमा २७  करोड ६९ लाख रुपैयाँ छ । कम्पनीको खूद मुनाफा ८८ लाख ८३ हजार, प्रतिसेयर आम्दानी २.९रुपैयाँ, बुक भ्यालु १२२.६४ रुपैयाँ र रिर्टन अन इक्विटी २.३७ प्रतिशत छ । 
प्राविधिक पक्ष :
फियर  एण्ड ग्रिड मिटरको आधारमा यो कम्पनी हाल स्ट्रङ बुलिस सेन्टिमेन्टमा चलेको
देखिन्छ । यो भनेको कम्पनीमा लगानीकर्ताको आकर्षण बढेको छ भन्ने हो ।

दोस्रो बजारमा कम्पनीको ५२ साताको  उच्च मूल्य ५६४ रुपैयाँ, न्युन मूल्य २८६ रुपैयाँ छ । हाल यो कम्पनीको अन्तिम मूल्य ४६१ रुपैयाँ छ । कम्पनीको शतप्रतिशत सेयर सर्वसाधारणमा परिणत भइसकेको छ । 
बोलिङगर ब्यान्ड, म्याक्डी र आरएसआई 
बोलिङगर ब्यान्डको आधारमा यो  कम्पनीको हाल अपर ब्यान्डमा चलेको छ । तर अपर ब्यान्डमा शुटिङ स्टार बनेको काराण अल्पकालमा यो कम्पनीमा सामान्य करेक्सन आउन सक्छ । म्याक्डीमा बुलिस क्रसओभर भ्यालिड नै छ । तर हिस्टोग्राम सकारात्मक रहेता पनि फिक्का र छोटा छोटा हुँदै गएका छन् । आरएसआई ओभर बट जोन ७२ को तहबाट केहि करेक्सन भएको छ । समग्रमा तीन वटै इन्डिकेटरबाट नियाल्दा यो कम्पनीमा अल्पकालमा केही करेक्सन आउन सक्ने देखिन्छ । 
पिभट विश्लेषणले सेयर तथा डेरिभेटिभको  अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकाल्दछ ।

बढेमा प्रतिरोध 
प्रतिरोध ३ –५५६
प्रतिरोध २ –५२१
प्रतिरोध १– ४५५
पिभट प्वइन्ट ः ४५०

घटेमा सपोर्ट 
सपोर्ट १– ४१४
सपोर्ट २– ३७९
प्रतिरोध ३ –३४३
निष्कर्ष : आधाभूतरुपमा यो कम्पनी सामान्य नै देखिन्छ । अघिल्लो आर्थिक वर्षको तुलनामा चालू आवको पहिलो त्रैमासमा रिर्टन अन इक्विटी, बुक भ्यालु, प्रतिसेयर आम्दानी सुधारोन्मुख छ । लगानी गरेका विभिन्न प्रोजेक्टहरु निमाणाधीन अवस्थामा रहेकोले कम्पनीको वित्तीय अवस्था आगामी दिनमा अझै बलियो आशा गर्न सकिन्छ ।

जगेडा कोषमा करिब २८ करोड रुपैयाँ छ । कम्पनीको रिर्टन अन इक्विटी सुधारोन्मुख रहेता पनि २.३७ प्रतिशत भनेको लगानीकर्ताले पाउने प्रतिफलको हकमा थोरै नै हो । प्राविधिक रुपमा फिएर एण्ड ग्रिड मिटरमा कम्पनी बुलिस सेन्टिमेन्टमा देखिन्छ । बोलिङगर ब्यान्ड, म्याक्डी र आरएसआई जस्ता इन्डिकेटरले सेयरको भाउ अल्पकालमा केहि करेक्सन हुन सक्ने देखिन्छ ।

पिभटमार्फत् यो कम्पनीको उत्तारचढाव नियाल्दा हाल पिभट् प्वइन्टभन्दा माथि रहेको यो कम्पनी यदि आगामी दिनमा घट्यो भने यसले सपोर्ट लिन ४१४ रुपियाँसम्म झर्न सक्छ भने बढेमा भने ५५६ रुपियाँसम्म पुग्न सक्छ । 
(नोट: सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारको लागि सिफारिस भने होइन । )