काठमाण्डौ । नेपाल बंगलादेश(एनबी) बैंकले आगामी मंसिर ३ गते आइतबार २३ औं वार्षिक साधारणसभा आह्वान गरेको छ । 

सोमबार एक सूचना प्रकाशित गर्दै बैंकले मंसिर ३ गते काठमाण्डौको प्रदर्शनी मार्गस्थित राष्टिय सभागृहमा वार्षिक साधारणसभा आह्वान गरेको हो । 

साधारणसभाले बैंकको संचालक समितिबाट आर्थिक वर्ष २०७३/७४ को मुनाफाबाट सेयरधनीलाई १२ प्रतिशतको दरले बोनस सेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ । 

यस्तै, आर्थिक वर्ष २०७३/७४ को संचालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीषकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७३/७४ को वार्षिक वित्तीय विवरणहरु स्वीकृति गर्ने लगायतका प्रस्ताव पेश हुने बताइएको छ । 

बैंकले वार्षिक साधारणसभा प्रयोजनका लागि कात्तिक १३ गतेदेखि मंसिर ३ गतेसम्म बुक क्लोजको मिति तोकेको छ । यसको अर्थ कात्तिक १२ गतेसम्म बैंकको सेयर खरीद गरेका वा आफ्नो नाममा नामसारी गरेकाहरुले मात्र वार्षिक साधारणसभामा सहभागी हुन पाउनेछन् ।