काठमाण्डौ । बेलायती वैज्ञानिकहरुले कोरोना संक्रमित व्यक्तिको पहिचान गर्ने उपकरण बनाएको दाबी गरेका छन्।
बेलायती वैज्ञानिकहरुले सिलिङ–माउन्टेन्ड कोभिड अलार्म बनाएको र यसले कोठामा रहेका कोरोना संक्रमित व्यक्तिको पहिचान १५ मिनेटमै गर्न सक्ने दाबी गरेका छन्। द सन्डे टाइम्समा प्रकाशित समाचारका अनुसार कोरोना संक्रमितका बारेमा सटिक जानकारी दिने यो उपकरणको प्रयोग विमानको क्याबिन, कक्षाकोठा, केयर सेन्टर, घर र कार्यालयहरुमा स्क्रिनिङका लागि वरदानको साबित हुन सक्नेछ। यो उपकरणको आकार स्मोक अलार्मभन्दा अलिकतिमात्रै ठूलो रहेको छ।
लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिन र डरहम युनिर्भसिटीका वैज्ञानिकहरुद्वारा गरिएको अनुसन्धानको सुरुआती नतिजा उत्सादप्रद देखिएको छ। यो उपकरण ९८ देखि १०० प्रतिशतसम्म प्रभावकारी रहेको वैज्ञानिकहरुको दाबी छ। उनीहरुले यो उपकरणले पीसीआर परीक्षण, प्रयोगशालाको परीक्षण र एन्टिजेन परीक्षणभन्दा तुलनामा बढी सटिकताका साथ कोरोना संक्रमितको पहिचान गर्ने बताएका छन्।
अनुसन्धानकर्ताहरुले यो उपकरण अहिले प्रारम्भिक चरणमै रहेको र यसबारेको अध्ययन पत्रिका प्रकाशित भएको र यसको समीक्षा भइरहेको बताएका छन्।
क्याबिजसायर फर्म रोबोसाइन्टिफिकद्वारा बनाइएको यो सेन्सरले छालाद्वारा उत्पादित रसायनहरुलाई पत्ता लगाएर संक्रमितहरुको पहिचान गर्ने गर्दछ। यसले कोरोना संक्रमितहरुको सासमा रहेको रसायनको जाँच गरेर कोरोनाको परीणामका बारेमा जानकारी दिने गर्दछ।
अनुसन्धानका क्रममा कुकुरले समेत यसको पत्ता लगाउन सक्ने वैज्ञानिकहरुले पत्ता लगाएका थिए तर सेन्सर उपकरण धेरै प्रभावकारी रहेको बताइएको छ।
सेन्डे टाइम्सका अनुसार संक्रमितमा कोरोनाको लक्षण भए पनि नभए पनि डिटेक्टर कोरोनाभाइरसले संक्रमितको पहिचान गर्न सक्छ। – एजेन्सी
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19