काठमाण्डौ । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो पाँचौँ वार्षिक साधारणसभा डोकेको छ।
संस्थाको मंगलबार बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आगामी पुस ८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा रुपन्देहीको तिलोत्तमास्थित केन्द्रीय कार्यालयमा अनलाइन माध्यमबाट हुनेछ भने निर्वाचन भौतिक रुपमै हुनेछ।
सभाले आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित चुक्तापुँजीको कुल ३४ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ३२.३ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.७ प्रतिशत नगद लाभांश रहेका छन्।
सोही सभाले अन्य उपयुक्त लघुवित्त संस्थासँग मर्जर र प्राप्ति प्रयोजनका लागि गर्नुपर्ने सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई दिने विशेष प्रस्ताव पनि पारित गर्नेछ।
सभाले गत आर्थिक वर्षका वार्षिक, आर्थिकलगायतका महत्वपूर्ण प्रतिवेदनहरु पनि छलफल गरी पारित गर्नेछ।
लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ संस्थाले यही मंसिर २३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ मंसिर २२ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो संस्थाको लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19