काठमाण्डौ । चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा जनता बैंकले कमालको प्रगति हासिल गरेको छ । यो बैंकले अधिकांश सूचकहरुमा फड्को मार्दै आफूलाई बलियो वाणिज्य बैंकको लाइनमा उभ्याएको हो ।

बैंकले समीक्षा अवधिमा २७ करोड १७ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा यस्तो नाफा १६ करोड १३ लाखमा सीमित थियो । 

बैंकले खूद ब्याज आम्दानी, रिजर्ब कोष, संचालन नाफा, निक्षेप र कर्जा परिचालनमा स्पष्ट छलांग मारेको छ । 

अघिल्लो वर्ष ४० करोड ७७ लाख रहेको खूद ब्याज आम्दानी बढेर ९७ करोड २८ लाखको उचाईमा पुगेको छ । यस्तै, ३३ करोड २३ लाख रुपैयाँमा

सीमित रिजर्ब कोषमा २२१ प्रतिशतको प्रगति भई १ अर्ब ६ करोड जम्मा भएको छ । 

१५ करोड ९३ लाखमा सीमित संचालन नाफा बढेर २२ करोड ६२ लाखको उचाईमा पुगेको छ । 

समीक्षा अवधिमा बैंकले ५२ अर्ब ८० करोड निक्षेप संकलन गरी ४८ अर्ब ६९ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा २५ अर्ब ५६ करोड निक्षेप संकलन गरी २२ अर्ब ९७ करोड कर्जा प्रवाह गरेको थियो ।

बैंकले यो अवधिमा चुक्तापूँजी २ अर्ब ३० करोडबाट बढाई ८ अर्ब माथि पुर्याएको छ । यसरी चुक्तापूँजी २४७ प्रतिशतको हाराहारीमा वृद्धि हुँदा खूद नाफा चाहि ६८.४२ प्रतिशतले मात्र वृद्धि भएका कारण बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी भने घटेको छ । 

अघिल्लो वर्ष यही अवधिमा १३.९९ रुपैयाँ रहेको वार्षिकीकृत प्रतिसेयर आम्दानी घटेर ६.७९ रुपैयाँमा सीमित भएको हो । 

यो अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ ११३.३३ रुपैयाँ र मूल्य आम्दानी अनुपात २८ गुणा कायम भएको छ ।