काठमाडौँ । चालू आर्थिक वर्षको पहिलो नौ महिनाको अवधिमा बैंक अफ काठमाडौँको खराब कर्जा अनुपात बढेको छ । बैंकले खराब कर्जा उठाउन नसक्दा समग्र नाफामा समेत असर परेको छ । बैंकले बिहीबार प्रकाशित गरेको तस्रो त्रैमासिक अवधिसम्मको वित्तीय विवरण अनुसार बैंकको खराब कर्जा अनुपात  ३ दशमलव ४१ प्रतिशतले वृद्धि भई कूल कर्जाको १ दशमलव ८२ प्रतिशत पुगेको छ । गत वर्षको यही अवधिमा बैंकको खराब कर्जा अनुपात १ दशमलव ७६ प्रतिशतमात्र रहेको थियो । 

 

समीक्षा अवधिमा बैंकले ९३ करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको भन्दा वर्षको भन्दा ४ दशमलव ९५ प्रतिशतले मात्र बढी हो । गत वर्षको यही अवधिसम्म बैंकले ८८ करोड ६७ लाख १३ हजार रुपैयाँ खुद आम्दानी गरेको थियो । 
 

बैंकले खुद व्याज आम्दानी र सञ्चालन मुनाफा उल्लेख्य रुपमा प्रगति गर्न नसकेको हो । यसका साथै बैंकको खराब कर्जा अनुपात समेत वृद्धि भएका कारण बैंकले प्रगति अपेक्षित सुधार हुन नसकेको हो । 

समीक्षा अवधिमा बैंकको खुद व्याज आम्दानी २ अर्ब ६ करोड २७ लाख २० हजार रहेको छ  । यो गत वर्षको भन्दा ६ दशमलव ४७ प्रतिशतले बढी हो । यसका साथै बैंकको सञ्चलन मुनाफा ४ दशमलव ८५ प्रतिशतले वृद्धि भई १ अर्ब ३१ करोड ४ लाख ११ हजार रुपैयाँ पुगेको छ । 
 

७३ अर्ब ९० करोड ३१ लाख ६७ हजार कुल निक्षेप भएको बैंकले ६७ अर्ब २५ करोड २७ लाख ७३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । यी दुवै सूचक गत वषको भन्दा क्रमशः ४ दशमलव ५७ र ७ दशमलव १९ प्रतिशतले वृद्धि भएका हुन् । 

समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी भने व्यापक कमी आएको छ  । करीव १७ दशमलव ५४ रुपैयाँ प्रतिशेयर आम्दानी कायम गरेको बैंकको यो सूचक १६ दशमलव ४७ प्रतिशतले कमी आएको हो ।
 

धेरै सूचकमा अपेक्षित वृद्धि गर्न नसकेको भए पनि जगेडा कोष भने उल्लेख्य रुपमा वृद्धि गर्न सफल भएको छ । गत वर्ष ३ अर्ब ३ करोड ६७ लाख ६२ हजार मात्र जगेडा कोष रहेको बैंकले यस अवधिमा ४६ दशमलव १४ प्रतिशतले वृद्धि गरी ४ अर्ब ४३ करोड ८० लाख कायम गर्न सफल भएको छ । बैंकको चुक्ता पूँजी ७ अर्ब ७ करोड २६ लाख ९६ हजार रुपैयाँँ रहेको छ ।

राष्ट्रबैंकले तोकेको चुक्ता पूँजी पु¥याउनका लागि अझ करीव ९३ करोड पूँजी वृद्धि गर्नुपर्ने छ ।