काठमाण्डौ । राष्ट्रबैंकको सानो लापरबाहीले सोझा र सामान्य लगानीकर्ता सूचनामा कसरी दिग्भ्रमित हुने गरेका छन् भन्ने देखिएको छ ।
बिजशालाले केही घण्टाअघि सूचना लुकाएर राष्ट्रबैंक सेयरका ठूला खेलाडीलाई पो सघाउँदैछ कि ? भन्ने आशयको न्यूज रिपोर्ट प्रकाशन गरेको थियो ।
सो समाचार प्रकाशन भएको केही घण्टामै नेपाल राष्ट्रबैंकले आफ्नो वेबसाइटका बासी तथ्याङ्कहरुलाई अपडेट गरेको छ । मई २५ देखि कर्जा र निक्षेपको अवस्था, कर्जा–निक्षेप अनुपात तथा बैंकका विभिन्न रेटहरुको अवस्थाको अपडेट भएको थिएन । समाचार प्रकाशन भएलगत्तै केन्द्रीय बैंकले हिजो अर्थात मई ३० को आँकडा अपडेट गरेको हो ।
नयाँ आँकडाअनुसार बैंकहरुको औसत सीडी रेसियो घटेर ९०.११ प्रतिशतमा झरेको देखिएको छ । बिजशालाले न्यूज प्रकाशन गर्नुअघि राष्ट्रबैंकको वेबसाइटमा सीडी रेसियो ९०.३१ प्रतिशत राखिएको थियो।
कुल ४९ खर्ब ६२ अर्बको डिपोजिट रहेको प्रणालीमा सीडी रेसियो ९०.३१ प्रतिशतबाट घटेर ९०.११ प्रतिशतमा सीमित बन्नु पनि सुखद पक्ष हो । सीडी रेसियोतर्फ ५ दिनको अवधिमा ०.२० प्रतिशतले घटेको देखिएको छ । यो भनेको तरलता केही सहज हुन थालेको संकेत पनि हो ।
राष्ट्रबैंकले गरेको नयाँ अपडेट अनुसार बैंकहरुको निक्षेपमा पनि सुधार भएको देखिएको छ ।
अन्य इण्डिकेटरमा के परिवर्तन आएछ त ? हेर्नुस् २५ मई र ३० मईको तुलनात्मक अवस्था:

                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19