काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमीटेडले आफ्नो २५औं वार्षिक उत्सवको उपलक्ष्यमा नयाँ बचत खाता बि.ओ.के. आत्मिय बचत खाता सार्वजनिक गरेको छ । 

यस बचत खातामा आबद्ध भएका ग्राहकहरुलाई १५(पन्ध्र) प्रकारका प्राणघातक रोगहरु(विस्तृत जानकारी बैंकको वेबसाइटमा उपलब्ध छ) पहिचान भएमा रु. १००,००० को बीमा भुक्तानी गरिनेछ । 

बचतकर्ताकोे निधन भएमा रु. १००,००० को बीमा रकमको साथै रु. १०,००० काजक्रिया खर्चको लागि प्रदान गरिने बैंकले जनाएको छ । बीमा सम्बन्धी शर्तहरु चाहि लागू हुनेछन् । 

हाल बैंकले ८४ शाखा, ७५ एटीएम तथा ८ वटा एक्टेन्सन् काउण्टरबाट आफ्नो ग्राहक वर्गलाई सम्पूर्ण बैंकिङ सेवा जस्तै भिसा डेबिट कार्ड, क्रेडिट कार्ड, अन्तराष्टिय यु.एस.डलर कार्ड, बि.ओ.के. स्मार्ट, बि.ओ.के. क्लिक, बैंकासुरेन्स् सुविधा, ई–कर्मस सुविधा, लकर सुविधा, रेमिटान्स्, पस मसिन सुविधा प्रदान गर्दै आइरहेको छ ।