काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमीटेडले आफ्ना सेयरधनीलाई १३.२५ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको छ । 

नेपाल स्टक एक्सचेञ्जमा आज प्रकाशित एक सूचनाअनुसार बैंकको ६२ औं  बोर्ड बैठकले आर्थिक वर्ष २०७३ ७४ को सञ्चित मुनाफाबाट लगानीकर्तालाई १३.२५ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको हो ।

यो निर्णय कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भई नेपाल राष्टबैंकबाट समेत स्वीकृत भएपछि मात्र कार्यान्वयनमा आउनेछ ।

हाल यो बैंकको चुक्तापूँजी ५ अर्ब ६३ करोड रुपैयाँ रहेको छ । यो कम्पनीले हालै अक्सनमा ल्याएको संस्थापक सेयरको समेत व्यवस्थापनपछि चुक्तापूँजी ६ अर्ब २४ करोडको उचाईमा पुुग्नेछ । त्यसपछि दिइने १३.२५ प्रतिशत बोनस सेयरपछि पूँजी बढेर ७ अर्ब ६ करोड पुुग्नेछ ।