काठमाण्डौं । साताको पहिलो कारोबार दिन आइतबार बजार दिनभर बढेर बन्द भयो ।
लामो समयपछि यो दिन बजारमा २ अर्ब रुपैयाँमाथिको कारोबारसहित बुलिस मारुबुजु क्यान्डल बनेको छ । यसले बढ्दो बजारलाई संकेत गर्छ । डेली बेसमा बोलिङगर ब्यान्डमार्फत् आजको बजारलाई हेर्दा मध्य ब्यान्डमाथि टिकेर कारोबार भएको छ ।
आज मध्य ब्यान्डबाट माथि लागेको बजारले अप्पर ब्यान्डलाई पनि छोएको छ । म्याक्डीमार्फत् हेर्दा अभिल्लो साता नै बजारले बुलिस क्रसओभर बनाएको थियो । त्यसैगरि, आरएसआईमार्फत् हेर्दा भने बजारले यसअघिको उच्च विन्दु ४२ लाई ब्रेक गरेर ५४ को तहमा पुगेको छ ।
बढ्दो बजारमा यस्तो विन्दु ७० भन्दा माथि ओभरबट जोनसम्म पुग्न सक्छ । समग्रमा तीन वटै इन्डिकेटरमार्फत् हेर्दा बजारले विस्तारै लय समात्दै गएको देखिन्छ ।
यो दिन उच्च अंकले बढेको बजार आगामी दिनमा पनि बढेमा अबको नजिकको प्रतिरोध क्रमश : १ हजार ९६४, २ हजार ६४ र २ हजार १२२ मा प्रतिरोध सामना गर्न सक्छ । त्यसैगरि, बजार घटेमा भने १ हजार ८५० मा बलियो सपोर्ट लिन सक्छ ।
(नोट : सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ,यो विश्लेषण कारोबारका लागि सिफारिस होइन ।)
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19