काठमाण्डौ । बेलायतमा आउँदो जनावरीमा ‘ब्ल्याकआउट’ हुन सक्ने अनुमान गरिएको छ। ऊर्जासँगसम्बन्धित विज्ञहरुले जनावरीमा दैनिक ३–४ घन्टासम्म विद्युत आपूर्ति रोकिन सक्ने चेतावनी दिएका छन्। 

विद्युतको उच्च माग र त्यही बेला आणविक ऊर्जा प्लान्टहरुको नियमित मर्मतसम्भारको काम हुने भएकोले जनवरीमा बेलायतमा ब्ल्याकआउटको सम्भावना रहेको अनुमान गरिएको हो। 

बेलायतका इक्ट्रिसिटी सप्लाई अपरेटर (ईएसओ)ले जनवरीमा ब्ल्याकआउटको सम्भावना रहे पनि अघिल्लो वर्षको तुलनामा कम हुने जनाएको छ। ईएसओ प्रमुख क्रेग डाइकका अनुसार रुसी पाइपलाइन ग्यासलाई एलएनजीका साथ युरोपमा प्रतिस्थापन गर्नु, महादेशमा पूर्ण ग्यास भण्डारण सुविधा र गत वर्ष अनियोजित कटौतीको शृंखलापछि फ्रान्सेली आणविक शक्ति फिर्ता हुनुले बेलायतमा ब्ल्याकआउटको सम्भावना देखिएको हो। ‘यो वर्ष र गत वर्षको तुलनामा जोखिमको अवस्था हेर्ने हो भने आउँदो वर्ष जनवरीमा ब्ल्याकआउटको जोखिम धेरै कम छ’, उनले भने। 

नेसनल ग्यास ट्रान्समिसनले यो हिउँदमा ग्यासको माग गत हिउँदको जस्तै रहन सक्ने अनुमान गरेको छ। ‘बजारमा ग्यासको आपूर्ति राम्रै छ’, ट्रान्समिसनका अपरेसन डाइरेक्टर लान रेड्लेले भने, ‘यद्यपि यदि धेरै चिसो मौसम र टाइट ग्यास आपूर्तिले भने बेलायतका ऊर्जा सुरक्षालाई चुनौती दिन सक्छ।’

यदि मौसमले साथ दियो र ग्यास आपूर्ति पनि सहज अवस्थामै रह्यो भने स्थानीयस्तरमा विद्युत उत्पादन सहज हुने नेसनल ग्यास ट्रान्समिसनले जनाएको छ। यसका साथै वायु ऊजा र ब्याट्रीको ब्याकअप तथा फ्रान्सबाट ऊर्जा आपूर्तिमा सहज हुने ट्रान्समिसनको भनाइ छ। 

यद्यपि बेलायतका ऊर्जा आपूर्तिकर्ताहरुले दैनिक ३–४ घन्टाको ब्ल्याकआउटको सम्भावना टार्न विभिन्न किमिसका योजनाहरु बनाइरहेका छन्। –एजेन्सी