काठमाण्डौ । बेष्ट फाइनान्स कम्पनीले आफ्नो २६ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।

कम्पनी सञ्चालक समितिको सोमबार (वैशाख ४ गते) बसेको बैठकले वार्षिक साधारणसभा वैशाख २९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजेबाट हुनेछ। 

सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग आपसमा गाभ्ने, गाभिने र प्राप्ति गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्न, चल–अचल सम्पत्ति र दायित्व मूल्यांकन गर्नका लागि मान्यता प्राप्त मूल्यांकनकर्ता नियुक्त गर्न, निजको पारिश्रमिक तोक्नलगायत मर्जरसम्बन्धी अन्य आवश्यक प्रक्रिया पूरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ। 

सभाले गत आर्थिक वर्ष २०७८–७९को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ। आर्थिक वर्ष २०७९–८०का लागि बाह्य लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले वैशाख १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ वैशाख ११ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको वार्षिक साधारणसभामा भाग लिन पाउनेछन्।