काठमाण्डौ । बैंकहरुले असोज महिनाका लागि निक्षेपको ब्याजदर बढाएका छन्।
विगत ६ महिनादेखि निक्षेपको ब्याजदर स्थिर राख्दै आएका बैंकहरुले असोजमा भने भद्र सहमति भंग गर्दै आआफ्नै ढंगले ब्याजदर निर्धारण गर्ने निर्णय गरेका थिए। नेपाल बैंकर्स एसोसिएसनले पनि यसका लागि बाटो खुला गरिदिएको थियो।
प्रायः सबै वाणिज्य बैंकहरुले मुद्दति निक्षेपको ब्याजदरमा औसतमा १० प्रतिशतले बढाएका छन्। जसअनुसार उनीहरुले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम १२.१३ प्रतिशत, संस्थागतमा १०.१३ र रेमिट्यान्समा १३.१३ प्रतिशत ब्याजदर निर्धारण गरेका छन्। केही वाणिज्य बैंकहरुले भने ३ महिनासम्मको व्यक्तिगत मुद्दति निक्षेपमा १२.०३ प्रतिशत, संस्थागतमा १०.०३ प्रतिशत र रेमिट्यान्समा १३.०३ प्रतिशत ब्याजदर निर्धारण गरेका छन्।
वाणिज्य बैंकहरुले पछिल्लोपटक गत फागुन महिनामा व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर अधिकतम ११.०३ प्रतिशत कायम गरेका थिए । त्यसपछि बैंकहरुले लगातार ६ महिना अर्थात भदौसम्म सोही ब्याजदरनलाई निरन्तरता दिँदै आएका थिए।
वाणिज्य बैंकहरुले ब्याजदर बढाएसँगै अधिकांश विकास बैंक र फाइनान्स कम्पनीले पनि यसअघिको कायम ब्याजदरमा १ प्रतिशत विन्दुले ब्याज बढाएका छन्।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19