 
                     
                                
                             
                                    काठमाण्डौ । काठमाण्डौबाट चिनियाँ ह्याकरहरूको गिरोह पक्राउ परेपछि तत्कालका लागि विपद् टरे पनि बैंकका ग्राहकहरूसँग सम्बन्धित संवदेनशील विवरण चोरी भएको हुन सक्ने सम्भावना साइबर सुरक्षाविज्ञहरू औँल्याएका छन्। अर्थात् जोखिम समाप्त भइसकेको भनेर ढुक्क हुने अवस्था छैन।
बीबीसी नेपाली सेवाका अनुसार शनिवार भएको घटनालाई नेपालको "अहिलेसम्मकै ठूलो" साइबर आक्रमण मानिएको छ। प्राविधिक रूपमा निकै सुरक्षित मानिएको एटीएम प्रणाली तोड्न ह्याकरहरू सफल भएका थिए।
ह्याकरहरूले भण्डारण गरिएको गोप्य तथ्याङ्क पनि हात पारेका रहेछन् भने "हजारौँ सक्कली खातावालको एटीएम कार्ड नै बनाउन सक्ने" जोखिम विद्यमान रहेको भन्दै त्यसबारे अध्ययन भइरहेको बताइएको छ।
सूचनाप्रविधिविज्ञ सुरेश कर्ण भन्छन्, "अहिलेको सबैभन्दा ठूलो डर भनेकै बैंकिङ प्रणालीमा रहेको हाम्रा निक्षेपकर्ताका विवरणमा ह्याकहरूको पहुँच पुग्यो कि भन्ने हो।"
एउटा बैंकका वरिष्ठ अधिकारीका अनुसार "अहिलेको सबैभन्दा ठूलो चिन्ता" नै त्यही हो।
उनले भने, "सर्भरमा ह्याकरका गतिविधिको अनुसन्धान भएपछि ती तथ्याङ्कको अवस्थाको बारेमा थाहा हुनेछ।"
तर नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले भने फोरेन्सिक जाँच भएपछि मात्र त्यसबारे स्पष्ट हुने बताए। उनले भने, "अहिलेसम्मको जानकारीमा भने ह्याकरहरू एटीएमभन्दा धेरै पर पुगेका छैनन् र सर्भर सुरक्षित छ भन्ने हामीलाई लागेको छ।"
नेपालको बैंकिङ प्रणाली कमजोर देखिनुमा विज्ञहरूले राम्रा सफ्टवेअर प्रयोग गरिए पनि त्यसलाई बेलाबखत अप्डेट नगर्नु, कमजोर जनशक्ति र उनीहरूमा सचेतनाको कमी, बैंकिङ प्रविधि र प्रणाली नियाल्ने दक्ष जनशक्तिको अभाव, अन्य पूर्वाधारमा जस्तो प्रविधिमा लगानी नगर्ने प्रवृत्ति र प्राविधिक कमजोरीहरूलाई हल गर्नेभन्दा लुकाउने चलनजस्ता कारण औँल्याएका छन् ।
यसबीच बैंकहरुलाई इलोक्ट्रोनिक भुक्तानी सेवा आएको नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टमस् लिमिटेड (नेप्स)ले आफ्नो संस्थामा आबद्ध बैंकका ग्राहकहरुलाई एक सूचना प्रकाशित गर्दै केही दिनका लागि एटिएम सेवा सम्बन्धित बैंककै एटिएम बुथमा गएर प्रयोग गर्न आग्रह गरेको छ ।
नेप्सले गत शनिबार विभिन्न बैंकका एटिएम बुथबाट बैंकिङ प्रणाली ह्याक गरेर रकम चोरी भएको घटनाको अनुसन्धान भइरहेको र ग्राहकको बैंकमा रहेको पैसा सुरक्षित रहेको दाबी पनि गरेको छ। नेप्सले सदस्य बैंकहरु, सूचना तथा प्रविधि सुरक्षा विज्ञ र नियमनकारी निकायसँगको समन्वयमा घटनाको अनुसन्धान भइरहेको जनाएको छ।
नेप्सले १८ वटा बैंक तथा वित्तीय संस्थालाई कार्डसम्बन्धी होस्टिङ र स्विचिङको सेवा प्रदान गर्दै आएको छ ।

 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19